मास्क विवादमा कुटपिट हुँदा चालककाे मृत्यु, पाँच जना पक्राउ
नेपालबहस संवाददाता
असार २३, २०७७ मंगलबार १८:५७:९
२३ असार, काठमाडौं । फ्रान्समा मास्क विवादमा चालकमाथि कुटपिट भएको छ । फ्रान्सको दक्षिणपश्चिम भेगमा अनुहार ढाक्ने गरी मास्क लगाउन अटेरी गरेका यात्रुहरूले गरेको कुटपिटका कारण एक बसचालक मृत्युको मुखमा पुगेका छन्।
बायोनस्थित ती बसचालकले टिकट पनि साथमा नभएका र मास्क पनि नलगाएका कैयौँ यात्रुलाई बसभित्र आउन अनुमति दिएका थिएनन्। आइतबार राति भएको उक्त घटनामा ती केही यात्रुले ५० वर्ष उमेर कटेका चालकलाई कुटेका थिए। त्यसपछि उनी ‘मस्तिष्क मृत्यु भएको अवस्थामा पुगेका छन्।
कुटपिटका कारण ती चालकको टाउकोमा चोट लागेको थियो। सो घटनालाई लिएर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। फ्रान्समा सार्वजनिक सवारीसाधन चढ्न मास्क अनिवार्य गरिएको छ। मजदुर युनियनका सूत्रले स्थानीय रेडिओ स्टेशनलाई बताएअनुसार ती बसचालकले यात्रुहरूलाई कुकुर साथमा बसभित्र ल्याउन दिएका थिएनन्।
बायोनका नगरप्रमुखले उक्त घटनालाई ‘बर्बरतापूर्ण कार्य’ भन्दै निन्दा गरेका छन्। सो घटनापछि बसचालकहरूले काम गर्न नमानेका कारण क्षेत्रीय बस सेवा निकै प्रभावित भएको छ।
मास्कको महत्त्व
विश्वका कैयौँ देशका सरकारहरूले कोरोनाभाइरस सङ्क्रमण फैलिनबाट रोक्न सार्वजनिक स्थल तथा दूरी कायम गर्न नसकिने स्थलहरूमा मास्क लगाउन आह्वान गर्दै आएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले मास्क लगाउने विषयमा उसको पुरानो सुझाव परिवर्तन गर्दै सङ्क्रमण फैलिनबाट रोक्न मानिसहरूलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ । डब्ल्यूएचओका अनुसार मास्क लगाउँदा सम्भावित सङ्क्रामक छिटालाई एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना कम गर्न सकिन्छ ।
खासगरी पश्चिमी देशहरूमा कैयौँ मानिसले मास्कको प्रयोगलाई व्यक्तिगत स्वतन्त्रतासँग जोड्ने गरेका छन्। सुरुमा मास्क प्रयोगले सङ्क्रमण रोक्न नसक्ने भन्दै आएको भएपनि अहिले धेरैजसो विज्ञहरूले मास्क लगाउँदा सङ्क्रमणको सम्भावना घटाउन सकिने भन्दै आएका छन्। मास्कको प्रयोग, सामाजिक दूरी अनि हातको सरसफाइनै सङ्क्रमण रोक्न अहिलेका लागि प्रभावकारी उपाय भएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार