अब अफगान सरकारले थप तालिबानीलाई रिहा नगर्ने
नेपालबहस संवाददाता
असार २३, २०७७ मंगलबार २०:३:५३
२३ असार, एजेन्सी । अफगानिस्तानको सरकारले देशको जेलमा रहेका र यहाँको सरकारले रिहा गर्न बाँकी रहेका तालिबानी लडाकूहरुलाई अब रिहा नगरिने जनाएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले केही महिनायतादेखि अफगानिस्तानको जेलमा रहेका तालिबानी लडाकूहरुलाई रिहा गरिरहहेका थिए । उनले करिब चार हजार जना तालिबानीहरुलाई रिहा गरिसकेको बताए । उनले देशको जेलमा रहेका करिब पाँच हजार जना तालिबानहरुलाई रिहा गर्ने जनाएका थिए ।
तर पनि अब यो पछिल्लो लटमा रिहा गर्ने भनिएका करिब छ सय जना भने गम्भीर खालको अपराधमा संलग्न रहेकोले उनीहरुलाई रिहा नगरिने उनले बताए । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरुसँग सरकारले वार्ता गर्ने तयारी गरेको बताइएको छ । त्यसैले सो वार्ताको लागि पूर्व शर्तका रुपमा अफगानिस्तानको जेलमा राखिएका सबैजना आफ्ना सदस्यहरुलाई रिहा गर्नुपर्ने माग तालिबानी संगठनले गरेको छ ।
यसै अनुरुप करिब चार हजारजना जति लडाकू रिहा गरिसकिएको भन्दै राष्ट्रपति घानीले अब बाँकीलाई भने उनीहरुले विगतमा गम्भीर अपराध गरेकोले रिहा नगरिने र उनीहरुलाई रिहा गर्ने माग नराख्न भन्नुभएको यहाँको टोलो न्युजले जनाएको छ । अमेरिकाले अफगानिस्तानका तालिबानहरुसँग शान्तिवार्ता गर्ने पहल गरेको छ । केही महिनाअघि अमेरिकाले तालिबान र अफगानिस्तनको सरकारका प्रतिनिधिसँग पनि वार्ता गरेको थियो ।
कतारको दोहामा सो वार्ता भएको थियो । त्यस वार्ताका क्रममा तालिबानहरुले पनि आफूहरु शान्ति वार्ता गर्न तयार भएको बताएका थिए । आगामी दिनमा पनि तालिबानसँग शान्ति वार्ता गर्ने भएपछि उनीहरुले राखेका शर्त बमोजिम नै अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सैनिक घटाउने काम गरिरहेको बताइएको छ ।
सोही बमोजिम अमेरिकाले पनि अफगानिस्तानमा रहेका आफ्ना सेनाहरुलाई फिर्ता गरिरहेको छ । जसका कारण पछिल्लो समयमा वार्ताको वातावरण पनि बनिरहेको बताइएको छ । अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मी खलिलजादले पनि हालैमात्र अफगानिस्तानका तालिबानीहरु त्यहाँ शान्ति ल्याउनका लागि वार्ता गर्न तयार रहेको कुरा आफूले थाहा पाएको बताए ।
शान्तिका लागि अफगानिस्तानका नागरिक, यहाँको सरकार र तालिबानीहरु स्वयं तयार नभएसम्मनभएसम्म हुदैन भन्दै त्यसका लागि उनीहरु तयार रहेको पाइएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार