गहुँ भित्र्याउँदै हिमाली भेगका किसान
नेपालबहस संवाददाता
असार २३, २०७७ मंगलबार २०:२९:२५
२३ असार, मनाङ । पहाडी र तराई क्षेत्रमा वर्षमा तीन/चार खेती गरिन्छ । मनाङमा भने वर्षमा एक पटक मात्रै खेती गरिन्छ । अहिले पहाडी र तराईका फाँटमा धमाधम धान रोपाइँ भए पनि हिमाली जिल्ला मनाङमा भने गहुँ र करु थन्काउने समय भएको छ । विगतमा पर्यटन तथा होटल व्यवसायमा आबद्ध मनाङवासी अहिले कोभिड–१९ को सङ्क्रमण फैलिएसँगै गरिएको बन्दाबन्दीले व्यवसाय बन्द छ ।
व्यवसाय नै बन्द भएको समयमा मनाङवासीले खेतीपातीलाई प्राथमिकता दिएका छन् । जिल्लामै धान खेती नहुने मनाङका मुख्य बालीका रुपमा गहुँ, करु, फापर र आलु रहेका छन् । वर्षको एक पटक मात्र खेतीपाती गरिने यस जिल्लाका चारवटै गाउँपालिकामा गहुँ, करु झुलिरहेका छन् भने फापर फुलेका छन् । चैतमा रोपेर असार साउनमा बाली भित्र्याउने गरिन्छ । हिमपात र अत्यधिक चिसोका कारण अरु समयमा यहाँ खेतीपाती हुँदैन ।
धानखेती उत्पादन नहुने यहाँ धान, चामल अन्य जिल्लाबाट आयात गर्नुपर्छ । वर्षको एक पटक उत्पादन गरिएको अन्नले वर्ष दिनसम्म पु¥याउनुपर्ने बाध्यता रहेको स्थानीय गजकुमारी गुरुङले बताए । गुरुङका अनुसार धान, चामाल, नुन, तेललगायतका खाद्यान्न अन्य जिल्लाबाट ल्याउनुपर्ने हुन्छ । पर्यटन क्षेत्र भएकाले होटल व्यवसायसँगै खेतीपाती गर्दै आएका मनाङवासी कोरोना महामारीले होटल व्यवसाय ठप्प भएपछि खेतीपातीमै निर्भर हुन बाध्य भएका छन् । यहाँका मानिस जाडो छल्नका लागि मङ्सिर मसान्तदेखि जिल्ला बाहिर जाने गर्छन् । जाडो मौसममा लगभग सबै गाउँघर खाली नै हुन्छ । जाडो सकेर फागुनको अन्तमा जिल्ला भित्रिएर खेतिपातीमा लाग्ने गर्छन् ।
जिल्लाको माथिल्लो भेग मनाङ ङिस्याङ गाउँपालिका, ङाओल घ्यारु पिसाङ भ्राका मनाङगाउँ र खाङ्सारका सम्म ठाउँमा आलु, फापर, गहुँ, करुलगायतका अन्नबाली लगाउने गरिन्छ । तल्लो भाग चामे गाउँपालिका र नासों गाउँपालिकामा भने मकै, फापर, आलु, करु, गहुँ उत्पादन हुन्छ । नार्पाभूमि गाउँपालिकामा आलु, फापर, गहुँ र करु उत्पादन हुने गर्छ । अहिले पर्यटन व्यवसाय ठप्प भएसँगै सबै मानिस खेतीपातीमा लाग्न बाध्य भएको स्थानीय विनोद लामाले बताए । “अहिले व्यापार छैन, खेतीपातीमा व्यस्त छौँ” “खेतीपाती र व्यवसाय चलाउँदा उत्पादनमा समय दिन सकेका थिएनौँ”, अहिले खेती पनि राम्रो र उत्पादन बढेको लामाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार