शनिबार , जेठ १, २०७८

भोलिको स्थायी कमिटी बैठक नरोक्ने ओली र प्रचण्डको सहमति

भोलिको स्थायी कमिटी बैठक नरोक्ने ओली र प्रचण्डको सहमति

२३ असार, काठमाडौं । एक हप्तादेखि रोकिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक भोलिदेखि सुचारु हुने भएको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीचको तीन घण्टा छलफलबाट भोलिको स्थायी कमिटी बैठक सञ्चालन गर्ने निर्णय भएको हो ।

यद्यपी अरु विषयमा भने दुई अध्यक्षबीचको छलफल टुंगोमा पुग्न सकेन । झण्डै तीन घण्टा चलेको वार्ता सकारात्मक भएपनि सहमति भईनसकेको प्रचण्ड निकट नेताहरुले बताएका छन । यसअघि हिजो र अस्तिजस्तै आजको वार्ता पनि निष्कर्षविहिन भएको उनीहरुको भनाई छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तर यसले पार्टीको विधि, विधान र संरचनामा जोडिएको स्थायी कमिटी बैठक नरोक्ने सल्लाह दुई अध्यक्षको छ । यसअघि दुई पटकसम्म स्थायी कमिटी बैठक फेरि निरन्तरता दिने भनेपनि अन्तिम समयमा आएर रोकिएका थिए ।

स्थायी कमिटीमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएपछि नेकपाभित्रको आन्तरिक असन्तुष्टि चुलिएको छ । जसले नेकपा फुटाउने र सत्ता हत्याउनेसम्म खेल भएपनि मत्थर भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय