पहिरामा फसेकी महिलाको १८ घण्टापछि उद्धार
नेपालबहस संवाददाता
असार २३, २०७७ मंगलबार २२:४२:४६
२३ असार, गुल्मी । इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा पहिरामा फसेकी महिलाको १८ घण्टापछि आज जीवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका २ की तारा कुमालको पहिराबाट उद्धार गरिएको हो । उनलाई आज हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीयवासी श्रीराम महतले बताए ।
खेतबारीको मकै लिन गएकी उनी फर्कने बेला रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्यापेको थियो । दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिले फसेको देखेपछि मिलेर कुमालको उद्धार गरेका हुन् । अहिले हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध छन् । एम्बुलेन्सको व्यवस्था गरेर जान सक्ने स्थानसम्म गएर बिरामी ल्याउन प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने
चैत १३, २०८० मंगलबार
सहायक निरीक्षकसहित प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन
चैत १३, २०८० मंगलबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार