सामाखुशीमा कांग्रेस वीपीको पत्रकार सम्मेलन
नेपालबहस संवाददाता
असार २३, २०७७ मंगलबार २३:३५:४१
२३ असार, काठमाडौं । नेपाली कांग्रेस वीपीले काठमाडौंको सामाखुशीमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ । नेपाली कांग्रेसले विपीको सिद्धान्तलाई छाडेको भन्दै पुराना नेता हरिबोल भट्टराईको नेतृत्वमा कांग्रेस वीपी गठन भएको हो ।
यो पार्टीका विभिन्न २५ जिल्लामा संगठन विस्तार भइसकेको छ । लकडाउनका कारण पार्टी विस्तार कार्यक्रम रोकिएपनि लकडाउन खुलेलगत्तै थप १८ जिल्लामा पार्टी बिस्तार गर्ने योजना रहेको कांग्रेस विपीका प्रमुख भट्टराईले बताएका छन ।
वर्तमान कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै कांग्रेस वीपीले आपत्ति जनाएको छ । राष्ट्रघाती एमसिसिका बुँदा संशोधन गर्न सिंहदरबारको एक कोठामा बसेर नक्सा सार्वजनिक गरेर राष्ट्रवादी नभइने भन्दै भट्टराईले सक्ने भए कालापानीबाट भारतीय सेना हटाउन ओलीलाई चुनुौति दिएका छन ।
एमसीसीको विरोधमा नेपाली कांग्रेस वीपीले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको पुत्ला जलाइसकेको छ । चाँडै नै वर्तमान सरकार र एमसिसीको विरोधमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि कांग्रेसले वीपीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार