प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन
नेपालबहस संवाददाता
असार २३, २०७७ बुधबार ०:४३:५१
२३ असार, काठमाडौं । गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरिएको छ । बैठकमा प्रदेशसभा सदस्य मायानाथ अधिकारीले समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरियोस् भन्दै गरिएको प्रस्ताव सभाले सर्वसम्मत स्वीकृत गरेको हो ।
सदस्यमा कुमार खड्का, कृष्ण थापा, गायत्री गुरुङ, कृष्णबहादुर थापा, मणिभद्र शर्मा, मायानाथ अधिकारी, मोहनप्रसाद रेग्मी, रामजीप्रसाद बराल (जीवन), आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र हरिशरण आचार्य रहेका थिए । समितिले विधायन समितिमा रहने एक जनालाई सदस्यमा मनोनीत गर्ने जनाइएको छ । प्रस्तावको सदस्य ओमकला गौतमले समर्थन गरेका थिए ।
बैठकमा प्रदेश विकास समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सामाजिक न्यायसहितको तीव्र र दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न प्रदेशका विकास योजना तथा भाषा, संस्कृतिलगायत सामाजिक क्षेत्रको विकास कार्यलाई शीघ्र र व्यवस्थित रुपमा सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकाले विधेयक प्रस्तुत गरिएको बताए ।
आजको बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार