तलब नदिएपछि एभिन्यूज टेलिभिजनका कर्मचारी आन्दोलित
नेपालबहस संवाददाता
असार २३, २०७७ बुधबार १:१५:४९
२३ असार, काठमाडौं । एभिन्यूज टेलिभिजनका कर्मचारी विगत लामो समयदेखि काम गरेको पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । कोरोनाको कहर सुरु भएपछि टेलिभिजनले कर्मचारी कटौती गर्ने तथा काम गरिरहेकालाई समेत समयमा तलब नदिने गरिरहेको उनीहरुको आरोप छ ।
कोरोनाको कारण देखाउँदै टेलिभिजन प्रशासनले २ दर्जनभन्दा बढी कर्मचारी तथा पत्रकारलाई पाउनुपर्ने तलब नदिएपछि उनीहरुले आन्दोलनको तयारी थालेका हुन् । यो एभिन्यूज खबर टेलिभिजन स्थापनाकालदेखि नै कर्मचारीमाथि शोषण गर्ने र पारिश्रामिक दिने विषयमा बदनाम हुँदै आएको टेलिभिजन हो । टेलिभिजन छोडेका कतिपयले ५/६ वर्ष बित्दा पनि आफुले पाउनु पर्ने बक्यौता रकम पाउन सकेका छैनन् । पटकपटक ताकेता गर्न कार्यालयमा जाँदा उल्टै प्रशासनबाट दुर्व्यवहार सहनु परेको पीडितको आरोप छ ।
तर यसपटक भने टेलिभिजन छोडेका पूर्वकर्मचारी संगठित भई आफुले पाउनु पर्ने पारिश्रमिक जसरी पनि लिने भन्दै नेपाल पत्रकार महासंघ गुहार गर्न पुगेका हुन् । आज विहानै भृकुटीमण्डपमा भेला भई उनीहरुले आफुले पाउन बाँकी तलब उल्लेख गर्दै हस्ताक्षर सहित महासंघमा उजुरी गरेका छन् । एभिन्यूज छोडेका करिब डेढ दर्जनले आफुहरुले काम छोडेको लामो समय बित्दा पनि पारिश्रमिक पाउन नसकेको गुनासो गरेका छन् । एभिन्यूज प्रशासनमा पारिश्रमिकका लागी फोन गर्दा कहिले के भनेर झुलाउने गरेको उनीहरुको आरोप छ ।
आज पारिश्रमिक माग गर्दै हस्ताक्षर गर्नेमा टेलिभिजन छोडेको २ वर्षदेखि ६ महिना समय बिति सकेका र अहिले कोरोनाको कहर बिच तलब नदिएरै छोड्न बाध्य पारिएका कर्मचारी सम्म रहेका छन् । १ हप्ताभित्रमा काम गरेवापतको तलब नदिए चरणवद्ध रुपमा कडा आन्दोलनमा जाने पीडित कर्मचारीहरुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
दाङमा आगलागीबाट एकको मृत्यु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार