आईजीपी थापाको कस्तो छ सङ्गठनमा योगदान ?
नेपालबहस संवाददाता
असार २३, २०७७ बुधबार ३:३०:३५
२३ असार, काठमाडौं । मुलुकको २८औँ प्रहरी महानिरीक्षक ‘आईजीपी’ मा शैलेश थापा क्षेत्रीलाई बढुवा गरिएको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक ‘एआईजी’ थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
यही बुधबार रातिदेखि हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे अनिवार्य अवकाश लिने भएकाले आज मन्त्रिपरिषद्ले थापालाई आईजीमा बढुवा गरेको हो । हाल उनी प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभाग विभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
भक्तपुरको कटुञ्जे ‘हालको सूर्यविनायक नगरपालिका’ मा जन्मिएका थापा अब्बल प्रहरी अधिकृत हुन । विसं २०४९ मा प्रहरी निरीक्षक भएदेखि नै उनी कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुँदै आएका थिए। अहिले महानिरीक्षकका लागि पनि थापा पहिलो नम्बरमै थिए । विसं २०७५ असोजमा डीआईजी भएका थापा गत साल चैत ९ गते एआईजीमा बढुवा भएका थिए ।
उनीसँगै अर्का एआईजी हरिबहादुर पाल पनि प्रहरी महानिरीक्षकको प्रतिष्पर्धामा थिए । एआईजी तारिणीप्रसाद लम्साल भने हालका प्रहरी महानिरीक्षक ज्ञवालीसँगै बुधबार रातिदेखि अनिवार्य अवकाश लिँदै छन । गत माघ २८ मा प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएका ज्ञवाली पाँच महिना मात्रै आइजिपीको कार्यकाल छ । उनको कार्यकालको अधिकांश समय कोभिड–१९ सङ्क्रमणमा रुमल्लिन पुग्यो ।
इमान्दार र कुशल सङ्गठनको रुपमा चिनिएका उनको कार्यकाल पनि विवादरहित नै रह्यो । कोभिड–१९ का कारण खास उल्लेखनीय नयाँ काम गर्न पाएनन । थापाको कार्यकाल भने आगामी विसं २०७९ साल वैशाखसम्म रहनेछ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले बुधबार साँझ प्रहरीको स्वागत र बिदाइको कार्यक्रम राखिएको जानकारी दिए ।
थापाको सङ्गठनमा यस्तो छ योगदान
विसं २०४९ वैशाख १९ मा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा राजधानीबाहिर सिन्धुपाल्चोक, सल्यान, धादिङ, झापा, कास्कीमा बसेर सेवा दिए । प्रहरी नायब महानिरीक्षक हुँदा थापाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समेत नेतृत्व लिएका थिए । त्यसअघि लामो समयमा प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गरे । तीनवटा युएन मिशनमा समेत सहभागी थापा कुशल सङ्गठकका रुपमा चिनिन्छन्।
प्रहरी समूहका ९८औँ व्याजमा उनीसँगै हालका एआईजी पाल पनि प्रवेश गरेका थिए । थापासँगै प्रहरी सङ्गठनमा प्रवेश गरेका उनका सहकर्मीहरु केही डिआईजी त भने केही एसएसपी नै छन । नवनियुक्त आईजी थापा व्यवस्थापकीय जिम्मेवारीमा अब्बल मानिन्छ । पाल भने कमान्ड नियन्त्रणमा पोख्त छन ।
प्रहरी निरीक्षक हुँदा प्रतिष्ठानसँगै सल्यान र सिन्धुपाल्चोकमा खटिएका थिए । प्रहरी नायब उपरीक्षक हुँदा धादिङ जिल्लाको नेतृत्व गरेका थिए । प्रहरी उपरीक्षक भएपछि उनले झापा र कास्की प्रहरीको नेतृत्व सम्हालेका थिए । उनले प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ र प्रहरी नायब महानिरीक्षक डिआईजी हुँदा केन्द्रीय प्रहरी प्रवक्तासमेत भए । उनी एआर्इजी भएपछि भने प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागको प्रमुख भए ।
हालका प्रहरी महानिरीक्षक ज्ञवाली प्रहरी नायब महानिरीक्षक डिआईजीबाट एकैचोटि बढुवा भएर महानिरीक्षक बनेका थिए । उनको नियुक्तिमा भने सरकारले प्रशंसा पाएको थियो । प्रहरी सङ्गठनमा हालका थापाको नियुक्तिलाई पनि स्वच्छ निर्णयका रुपमा हेरिएको छ ।
ज्ञवालीअघिका प्रहरी महानिरीक्षक नियुक्तिको विषय अदालतमा समेत पुगेको थियो । कनिष्ठलाई नियुक्ति गरिएको भन्दै कतिपय प्रहरी अधिकृतले राजीनामा दिएको उदाहरण छ । यसपटक निर्विकल्प रुपमा उनको नाम गएको एक प्रहरी अधिकृतले बताएका छन् ।
चार वर्षअघि जयबहादुर चन्द आईजी हुँदा प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल अदालत पुगेका थिए । उपेन्द्रकान्त अर्याल आईजी हुँदा पनि प्रहरीमा विवाद बल्झिएको थियो । सर्वेन्द्र खनाल डिआईजीबाट बढुवा हुँदा तत्कालीन डिआईजी रमेश खरेलले राजीनामा दिएका थिए । प्रहरी नियमावलीमा ज्येष्ठता, कुशल नेतृत्वकर्ता, कार्यक्षमता, प्रोत्साहन र परिचालन गर्ने क्षमता लगायतका आधारमा आर्इजी हुने आधार छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको राशिफल
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार