पहिरोले प्रहरी चौकी पुरियो
नेपालबहस संवाददाता
असार २४, २०७७ बुधबार १४:१७:४६
२४ असार, चौरजहारी । अविरल वर्षाको कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ को स्वास्थ्य चौकी भवन पहिरोले पुरेको छ । साक्चा खोलामा रहेको चार कोठे स्वास्थ्य चौकी भवन सोमबार राति खसेको पहिरोले पुरेको हो ।
पहिरोले पुर्दा स्वास्थ्य चौकी भवनमा पूर्णरुपमा क्षति पुगेको नगरपालिकाले जनाएको छ । पहिरोका कारण भवनसहित स्वास्थ्य चौकीमा रहेका औषधिसहित अन्य सामग्रीमा क्षति पुगेको स्वास्थ्य चौकी इञ्चार्ज छवि खड्काले जानकारी दिए ।
केही औषधि र सामान भने निकालिएको उनको भनाइ छ । स्वास्थ्य चौकी भवन पहिरोले पुरिएपछि स्थानीयको घरमा सामान सारेर सेवा दिइरहेको इन्चार्ज खड्काले बताए । स्थानीय एक जनाले स्वास्थ्य चौकी भवनको माथिल्लो भागमा रहेको पाखो भिरालो जमिन डोजर लगाएर सम्याइ पर्खाल लगाएको र वर्षाको कारण सबै भाग खसेर स्वास्थ्य चौकी भवन पुरिएको बताइएको छ ।
जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेकामा त्यो भवन पनि पहिरोले पुरेपछि सेवा प्रवाहमा समस्या देखिएको छ । इन्चार्ज खड्काकाअनुसार भवन मर्मत गर्न सकिने अवस्था नरहेको र अब नयाँ भवन बनाउनुको विकल्प छैन । त्यस्तै पहिरोले एक घर पुरिएको छ भने एक दर्जन घर जोखिममा रहेको वडाध्यक्ष अतिराम विष्टले बताए ।
वडाको ठूलो बिरालगाउँकी सुधा खड्काको घर माथिबाट आएको पहिरोले पुरेको र सानो बिरालगाउँमा रहेका १० घर पहिरोको उच्च जोखिममा रहेको उनको भनाइ छ । त्यस्तै वडाका विभिन्न ठाउँमा लगाइएका मकै बालीमासमेत क्षति पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
महाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
आइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार