लुकीछिपी जुवातास खेल्ने आठ जुवाडे पक्राउ
नेपालबहस संवाददाता
असार २४, २०७७ बुधबार १४:४६:४४
२४ असार, भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट आठ जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१ मिलनरोडबाट उनीहरूलाई नगद ६१ हजार ७ सय ४३ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय प्रकाशमान कर्माचार्यको घरमा मङ्गलबार दिउँसो लुकीछिपी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ का ५५ वर्षीय घरधनी कर्माचार्य, ५७ वर्षीय गम्भीर श्रेष्ठ, वडा नं २ का ४५ वर्षीय सरस्वतीकुमार श्रेष्ठ , ४१ वर्षीय अनिलकुमार श्रेष्ठ, ४९ वर्षीय राजकुमार श्रेष्ठ, ४५ वर्षीय सूर्यकुमार श्रेष्ठ, ३५ वर्षीय पुष्प श्रेष्ठ र भारत कोलकाता घर भई हाल भरतपुर–२ बस्ने ३८ वर्षीय बप्पी खान रहेका छन् ।
उनीहरु विरुद्ध जुवा कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार