रुकुममा प्रहरीबाटै महिला कुटिएको भिडियो भाइरल !
नेपालबहस संवाददाता
असार २४, २०७७ बुधबार १६:४४:५७
२४ असार, काठमाडौं । प्रहरीबाट महिला निर्घात कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला निर्घात रुपमा कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घटना जेठ १ गतेको हो । त्यतिबेला प्रहरीले कुनै चाँसो दिएन । तर भिडियो अहिले आएर भाइरल बनेपछि प्रहरीले चाँसो मात्रै होइन, अनुसन्धान नै थालेको छ ।
ती महिलालाई कुटपिट गर्ने दुई जना हवल्दारमाथि प्रहरीले अनुसन्धान थालेको हो । जबकी उनीहरु दुबै जना गाडी दुर्घटनामा घाइते छन । आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई लाठी हानेको भिडियोमा देखिन्छ ।
भिडियो सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन थालिएको छ । पीडित महिलालाई थप अनुसन्धानका लागि प्रहरीमा बोलाइएको छ ।
यसअघि रुकुम पश्चिमको सोतीमा अन्तरजातीय विवाह गर्न खोजेका जाजरकोटका युवा नवराज विकसहित ६ जना युवाहरुको हत्या भएको थियो । जुन प्रकरण सेलाउन नपाउँदै महिला कुटिएको भिडियोले रुकुम पश्चिम प्रहरी र राजनीतिक नेतृत्वको आलोचना भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ
बैशाख ५, २०८१ बुधबार
प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार