डब्ल्यूएचओबाट बाहिरिन अमेरिकाको प्रक्रिया सुरु
नेपालबहस संवाददाता
असार २४, २०७७ बुधबार १९:२४:२
२४ असार, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिन अमेरिकाले औपचारिक प्रक्रिया सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस महामारी फैलिएपछि गत मे महिनामा डब्ल्यूएचओबाट बाहिरने घोषणा गरेका थिए।
ईयूसहित विभिन्न पक्षले त्यसो नगर्न आग्रह गरे पनि ट्रम्पले उक्त संयुक्त राष्ट्रसङ्घीय निकाय परित्याग गर्ने र त्यसलाई उपलब्ध गराइने रकम अन्य परोपकारी संस्थालाई दिने बताउँदै आएका छन्।
अहिले ट्रम्पले संयुक्त राष्ट्रसङ्घ र कङ्ग्रेसलाई आफ्नो उद्देश्यबारे सूचित गरेका छन्। तर यो प्रक्रिया पूरा गर्न एक वर्षजति लाग्न सक्छ। राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफान ड्युजरिकले अमेरिकाले सन् २०२१ जुलाई ६ देखि डब्ल्यूचओ परित्याग गर्न सूचना दिएको बताएका छन् ।
डेमोक्र्याटिक दलबाट परराष्ट्र सम्बन्ध समितिमा भएका सांसद रोबर्ट मेनन्डेजले ट्विटरमा लेख्दै राष्ट्रपतिले अमेरिकालाई डब्ल्यूएचओबाट औपचारिक रूपमा बाहिर निकालेकोबारे कङ्ग्रेसले सूचना पाएको जनाएका छन्।
एक वरिष्ठ अधिकारीले सीबीएस न्यूजलाई बताएअनुसार अमेरिकी सरकारले डब्ल्यूएचओलाई सुधार गर्न तथा सोझै व्यवहार गर्ने भनेको तर उसले नमानेको बताए। चीनले कोरोना भाइरस महामारी फैलाएको दाबी गर्दै ट्रम्पले डब्ल्यूएचओ चीनको दबावमा परेको आरोप लगाएका थिए।विश्व स्वास्थ्य सङ्गठनमा चीनको पूरा नियन्त्रण भएको उनको दाबी छ।
यता आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले ट्वीट गर्दै आफू राष्ट्रपति बनेको पहिलो दिन अमेरिकाले डब्ल्यूएचओको सदस्यता लिने घोषणा गरेका छन्। अमेरिका डब्ल्यूएचओको प्रमुख दाता हो।
उसले गत वर्ष ४० करोड डलरभन्दा बढी रकम अर्थात् डब्ल्यूएचओको कुल बजेटको झन्डै १५ प्रतिशत उपलब्ध गराएको थियो। अमेरिका बाहिरिएपछि डब्ल्यूएचको आर्थिक स्थिरता तथा स्वास्थ्यसेवा र विविध रोगसँग सङ्घर्ष गर्न सञ्चालित कार्यक्रमहरूको भविष्यबारे प्रश्न उठेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार