कास्कीका २ स्थानीय तहमा थप १३ जनामा कोरोनाको पुष्टि
नेपालबहस संवाददाता
असार २४, २०७७ बुधबार २१:२३:५४
२४ असार, कास्की । गण्डकी प्रदेशमा बुधबार थप १३ जनामा कोरोनाको पुष्टि भएको छ । संक्रमित हुनेमा कास्कीका २ स्थानीय तहका रहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १० जनामा संक्रमणको पुष्टि भएको हो ।
उनीहरु २५ देखि ५१ वर्ष उमेर समूहका पुरुष छन् । उनीहरुमध्ये अन्नपूर्ण गाउँपालिका ठेगाना भएका एक जना, कुवेतबाट आएका २ जना, साउदी अरबबाट आएका ४ जना, युनाइटेड अरब इमिरेट्सबाट आएका एक जना र भारतबाट २ जना रहेका छन् ।
त्यस्तै, कास्कीकै मादी गाउँपालिकामा पनि ३ जना कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये एक जना २८ वर्षीया महिला हुन् भने ३५ र ३७ वर्षका २ जना पुरुष हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सबैजना सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको र आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय २९ पुगेको छ । बुधबार बिहानमात्रै गण्डकी प्रदेशका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु बागलुङ, तनहुँ र म्याग्दीका थिए १र१ जना थिए ।
गण्डकी प्रदेशभरिका कुल संक्रमितमध्ये ३ सय ५३ जना निको भई घर फर्किसकेका छन् । प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । उपचारका क्रममा स्याङ्जाका २ जनाको पोखरामा, गोरखाका एक जनाको मृत्यु भएको थियो । बागलुङका एकजना पुरुषको क्वारेन्टाइनमा मृत्यु पश्चात कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार