बेँसीशहर–चामे सडक पहिरोले अवरुद्ध
नेपालबहस संवाददाता
असार २५, २०७७ बिहिबार १५:५५:५४
लमजुङ । बुधबारबाट परेको अविरल वर्षाले पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–७ र मस्र्याङ्दी गाउँपालिकास्थित खरखरे भिरमा आज बिहानैबाट सडक अवरुद्ध भएको हो ।
६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहरको पुवाखोलामा गरिएको ढलान भत्किएको छ भने खरखरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पुवाखोलाको दुवै तर्फको ढलान करिब एक–एक मिटर भत्किएको र सडकमाथि खरखरे भिरबाट पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय दमौली तनहुँका सवइञ्जीनियर सुमन अधिकारीले बताए ।
पहिरो हटाउन र भत्किएको ढलान मर्मत गर्न समय लाग्ने र कति बेलासम्म सडक सञ्चालन हुने भन्ने निश्चित नरहेको उनको भनाइ छ । उनका अनुसार यतिबेला खरखरे पहिरो पन्छाउनका लागि एक्साभेटर लैजाने तयारी भइरहेको छ । यी ठाउँबाहेक यस सडकको विभिन्न स्थानमा समेत साना–साना पहिरो गएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
ढलान भत्किँदा र पहिरोले सडक अवरुद्ध भएपछि कुनै पनि सवारी साधन आवतजावत गर्न सकेका छैनन् । अझै केही दिन अविरल वर्षा हुने सम्भावना रहेकाले यस सडकको विभिन्न स्थानमा पहिरो जाने सडक भासिन सक्ने भएकाले सडक अवरुद्ध हुने उच्च सम्भावना रहेको छ ।
यसरी सडक अवरुद्ध हुँदा ढुवानीका सवारी साधन रोकिनु सामान्य भए पनि आकस्मिक बिरामी बोक्ने एम्बुलेन्ससमेत रोकिनु पर्दा ठूलो समस्या पैदा हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
पोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
अन्योलताका बीच आज कोशी प्रदेशसभा अविधेशन
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई समर्थन दिनेबारे एमाले अझै मौन
बैशाख ६, २०८१ बिहिबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार