कर्णाली प्रदेश सरकारको बजेट पारित
नेपालबहस संवाददाता
असार २५, २०७७ बिहिबार १६:१७:२५
२५ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सर्वसम्मतिले पारित भएको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २८ औँ बैठकबाट प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित भएको हो ।
कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश योजना आयोग, मुख्य न्यायधिवक्ताको कार्यालय, प्रदेश लोकसेवा आयोगको बजेटमाथि प्रदेशसभा सदस्यहरुले उठाएका जिज्ञासाहरुको जवाफ मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जवाफ दिएका थिए ।
मुख्यमन्त्री शाही र योजनामन्त्री ज्वालाले सभामा उठेका प्रश्नहरुको जवाफ दिएसँगै सभामुख राजबहादुर शाहीले प्रदेश सरकारको आर्थिक विधेयक, २०७७ पारित गरियोस् भनी सभा प्रस्ताव गर्न आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई निर्देशन दिएका थिए । योजनामन्त्री ज्वालाले पारित गरियोस् भनी सभामा गरेको प्रस्ताव उक्त सभाले प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित गरेको थियो ।
प्रदेश सरकारले यही असार १ गते पूँजीगततर्फ रु १९ अर्ब छ करोड ९१ लाख २१ हजार ५७ प्रतिशत, चालूतर्फ रु ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार ९३४ प्रतिशत० र वित्तीय हस्तान्तरणतर्फ रु दुई अर्ब ९९ करोड ६५ लाख नौ प्रतिशत गरी आगामी आव २०७७/७८ का लागि जम्मा रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार