ओली–प्रचण्ड वार्ता उपलव्धि शून्य, स्थायी कमिटी बन्यो रमिते
नेपालबहस संवाददाता
असार २५, २०७७ बिहिबार १९:६:२०
२५ असार, काठमाडौं । सत्तारुढ नेकपाभित्रको अन्तद्र्वन्द्व अझै जटिल र दुरुह बन्दै गएको छ । दुुई अध्यक्षबीचको सम्वाद र छलफलले कुनै निकास पहिल्याउन नसक्दा स्थिति झनै विष्फोटक बनेको हो । छलफलको नाममा जारी स्थायी कमिटी बैठकसमेत बन्दी बनेको छ । न त बैठक नै बस्न सकेको छ, न सहमतिको बाटो नै पत्ता लागेको अवस्था छ– नेकपाका एक स्थायी कमिटी सदस्य भन्छन् ।
दुुई जना अध्यक्षबीच के कुरा भएका छन्, त्यसको जानकारी दिनका लागि भएपनि बैठक सुुचारु गर्नुपर्ने उनको राय छ । तर नेताहरु सत्ताको बार्गेनिङमै तल्लीन रहेकाले सबै समस्या ज्यूँका त्यूँ छ – उनी भन्छन् । स्थायी कमिटीले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीलाई कारबाही गर्ने मूड बनाएपछि एकाएक परिस्थिति जटिल बनेको छ ।ओलीलाई कारबाही गर्ने वित्तिकै पार्टी विभाजन हुने अवस्था छ । त्यसैले सकेसम्म पार्टी विभाजन नहोस् भन्नका लागि मध्यमार्गी बाटो रोज्ने प्रयास भएको बुझिन्छ ।
पूर्व माओवादी पक्षले ओली अलग हुँदा आफ्नाे हैसियत अझै खुम्चने र माधव नेपालको दास बन्ने अवस्था आउन सक्ने आंकलन गरकोले मिलाउने प्रयास गरिरहेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकेसम्म ओलीसँगै बसेर सिंगो नेकपाको एकल अध्यक्ष र प्रधानमन्त्री बन्ने ध्याउन्नमा छन् । यसका लागि उनी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिएर अध्यक्षबाट राजीनामा गराउन चाहन्छन् । तर प्रचण्डको यो प्रस्तावप्रति अर्का नेता माधवकुमार नेपाल पक्ष भने सहमत देखिंदैनन् ।
त्यसैले ओलीसँग मिलिसकेको वार्ता फेरि भाँडिएको हो – प्रचण्ड निकट एक नेताले भने । तीन दिन लगातार भएको छलफलमा ओली तत्काललाई दुवै पदमा कायमै रहने र उपयुक्त समयमा अध्यक्ष पदबाट राजीनामा गर्न लगभग सहमत भइसकेका थिए । सो कुरा प्रचण्डले नेता नेपाललाई बताउँदा उनले मरेकाटे नमान्ने जानकारी दिए । त्यसले गर्दा ओलीसँगको छलफल अवरुद्ध भएको छ– प्रचण्ड निकट ती नेता भन्छन् ।
हिजो भएको छलफलमा यो विषय उठ्दा ओली रुष्ट भएको जानकारी पनि उनले दिए । माधव कम्रेडले ओलीलाई प्रधानमन्त्रीबाट जसरी भएपनि हटाउनै पर्ने अडान लिएको जानकारी पाएपछि ओलीले पनि आफ्नो पूर्व अडान यथावत राखेका हुन् । माधव नेपाल पक्षले ओलीलाई बरु अध्यक्षमा केही समय स्वीकार्ने तर प्रधानमन्त्रीका रुपमा भने एक सेकेण्ड पनि राख्न नसकिने शर्त राखेको छ । केपी कम्रेडलाई हामीले राम्रो चिनेका छाैं, सके तर्साउने नसके पुच्छर लुकाएर भुक्ने उनको चरित्र हो – माधव नेपाल निकट एक केन्द्रीय सदस्यले भने ।
अहिले पनि प्रचण्डको काँधमा बन्दूक तेस्र्याएर तर्साउन खोजेको उनको ठहर छ । साथै, नेपाली कांग्रेसलाई साथ लिएर सरकार बनाउन सक्छु भन्ने सन्देश दिने प्रयास भइरहेको पनि ती नेताले बताए । तर अब हामी तर्सने पक्षमा छैनौं, पार्टी हितका लागि ओली बोझ भइसके, त्यसैले तत्कालै उनी हटेर नयाँ शीराबाट अगाडि बढ्नुको विकल्प छैन– उनी भन्छन् ।अब केही नलागेर ओलीले आफ्ना अरिंगाललाई सडकमा उतारेको आरोप लगाउँदै उनले पार्टी बैठक फेस गर्न नसक्ने तर अरिंगाललाई सडकमा उफार्ने ? उनी प्रश्न गर्छन् ।
यो विषयमा हिजो साँझ प्रचण्डले ओलीसँग जिज्ञाशा राख्दा आफूले निर्देशन नदिएको स्पष्टीकरण दिएका थिए । तर ओलीकै निर्देशनमा ती प्रदर्शन भएका र यसले पार्टी भित्र गलत सन्देश प्रवाह भएको प्रचण्डले गुनासो गरेका थिए । नेताहरुबीचको चरम विवाद र अविश्वासले अब नेकपा सग्लो पार्टी रहने अवस्था देखिंदैन । अहिलेको विवाद अन्त्य गर्न चिनियाँ राजदूत होउ यान्छीले जतिसुकै दौडधूप गरेपनि नेपाल पक्षको सहमति नभएकाले सुखद परिणामको अपेक्षा गर्न सकिन्न ।
अब सग्लो नेकपा रहनका लागि दुईवटा मात्र विकल्प रहेका छन् । पहिलो ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा यथावत राख्ने । र, दोस्रो ओलीलाई स्थायी कमिटीले कारबाही गर्ने । यी दुवै विकल्पमा जान नेताहरु डराइरहेका छन् । त्यो सबै राम्रो ज्ञान भएका ओली आफ्नो चट्टानी अडानमा टसको मस भएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार