भारतले पठाएको ‘कुटनीतिक नोट’ किन लुकायो सरकारले ?
नेपालबहस संवाददाता
असार २५, २०७७ बिहिबार २२:२२:४
काठमाडौं । लिम्पियाधुरासहितको नक्सा जारी गरेर संसदबाट अनुमोदन भएको नेपालको नयाँ नक्साका विषयमा भारतले औपचारिक रुपमै आपत्ति जनाएको कुटनीतिक नोट सरकारले गुमराहमा राखेको पाइएको छ ।
गएको असार १० गते नै भारतले नेपालको नयाँ नक्साप्रति असन्तुष्टि जनाउदै कुटनीटिक नोट पठाएको थियो । तर सरकारले औपचारिक रुपमा अहिलेसम्म यसबारेमा मुख खोेलेको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदमा पनि भारतले नेपालको वार्ता प्रस्तावलाई अस्वीकार गरेको मात्रै बताए । तर उनले कुटनीटिक नोटबारे कुनै जानकारी दिएनन् ।
बिहीबार राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सभापति रामनारायण विडारीले यसबारे पहिलोपटक सांसदहरुलाई औपचारिक रुपमा जानकारी गराए ।
भारतले वार्तामा बस्न अस्वीकार गरेपनि कुटनीतिक नोट भने यसअघि नै पठाएको थियो । तर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने यसबारे औपचारिक रुपमा अहिलेसम्म जानकारी दिएका छैनन् । भारतले जवाफ नदिएको भन्दै उनले संसद र नेकपाकै स्थायी कमिटी बैठकमा बोलेका छन ।
भारतले कुटनीतिक नोट पठाएपनि सरकारले गुमराहमा राखेको देखिन्छ । जसले बाहिर भारत विरोधी छवि बनाउन खोजेको सरकार भित्रभित्रै बलियो रुपमा प्रस्तुतत भएर सीमा फिर्ताका लागि भारतसँग वार्ता गर्न हच्किएको जस्तो देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार