नेपाल प्रहरीमा आईजीपी थापाको अग्निपरीक्षा शुरु
नेपालबहस संवाददाता
असार २५, २०७७ शुक्रबार ३:३१:१५
काठमाडौं । बर्षौदेखि नातावाद, कृपावाद, सत्ता, शक्ति र राजनीतिक खिचातानीबाट ग्रसित नेपाल प्रहरीको क्षमता र बहादुरी फर्काउने अपेक्षासहित आईजीपी शैलेश थापा क्षेत्रीले कार्यभार सम्हालेका छन । बिहीबार बिहान सिंहदरबारमा गृहसचिव महेश्वर न्यौपानेबाट दर्ज्यानी चिन्ह लगाएपछि थापाले प्रहरी मुख्यालय नक्साल पुगेर कार्यभार सम्हालेका हुन ।
उनको कार्यकाललाई नेपाल प्रहरीको पुरानै छवि फर्काउने समयका रुपमा हेरिएको छ । खासगरी कुनै राजनीतिक खिचातानी नभई स्वच्छ प्रतिष्पर्धा, बरिष्ठता र संगठनभित्रको योगदानको सही मूल्यांकनबाट उनी आईजीपी बनेको भन्दै चौतर्फी प्रशंसा छ । उनको स्वभाव र योगदानबाट प्रभावित भएका प्रतिष्पर्धी एआईजी हरिबहादुर पालले समेत थापालाई सफल कार्यकालको शुभकामना दिएका छन ।
उनको विगतको कामबाट प्रभावित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला दायाबाया नहेरी सोझै उनलाई आईजीपीको फुली लगाएका हुन । यो ऐतिहासिक जिम्मेवारी पाएका थापालाई अब चुनौति पनि कम छैन । खासगरी पछिल्लो समय नेपाल प्रहरीभित्रै बढ्दै गएको विकृति हटाउनुपर्ने जिम्मेवारी उनीमाथि छ ।
सामाजिक सञ्जालमा उनीप्रति धेरैले देखाएको सदा सहायता र सहयोग पनि यसैको अपेक्षास्वरुप हो । विगतमा पनि कुनै ठूलो आन्तरिक विवाद र चलखेलमा सलंग्न नभएका उनलाई झण्डै दुई बर्षको कार्यकाल सफल मात्रै होइन, नेपाल प्रहरीको विगतको बहादुर छविलाई फेरि फर्काएर उजिल्याउने जिम्मेवारी पनि छ ।
यो आईजीपी थापाका लागि सजिलो छैन । यदि उनले चाहेमा असम्भव पनि देखिदैन । तर उतारचढाव चाँही थुप्रै झेल्नुपर्नेछ । बाँकी त उनको कार्यशैली, सोच, व्यवहार र कार्ययोजनाअनुसारको कामले देखाउँनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार