व्यास नगरपालिकाद्धारा डेढ अर्ब बजेट पारित
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार १७:२७:२८
तनहुँ । व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजारको बजेट पारित गरेको छ । बिहीबार सम्पन्न ३३ औं नगरसभाले आगामी वर्षका लागि उक्त बजेट पारित गरेको हो ।
नगरसभाले शिक्षा, युवा तथा खेलकुदतर्फ रु ४४ करोड पाँच लाख, पर्यटन प्रबद्र्धनतर्फ रु चार करोड ५८ लाख, कृषि तथा पशु सेवातर्फ रु तीन करोड ८३ लाख, स्वास्थ्यतर्फ रु सात करोड ४८ लाख ८७ हजार, महिला, जनजाति, दलित, अपाङ्गता एवं ज्येष्ठ नागरिकतर्फ रु एक करोड तीन लाख बजेट विनियोजन गरेको छ । वडा कार्यालय पहुँच मार्ग अन्तर्गत वडा नं ७, ८, १०, १२, १३ र १४ को सडक कालोपत्रेका लागि रु एक करोड ९० लाख बजेट विनियोजन गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
अन्य मार्ग र सडक नाला निर्माण तथा मर्मतका लागि रु ९ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । ऐतिहासिक तनहुँसुर जाने खड्गकाली मार्गका लागि अघिल्लो वर्ष विनियोजन भएको रु तीन करोड आगामी वर्ष रकमान्तर गरी आगामी वर्ष रु पाँच करोड बजेट थप गरिएको उनले बताए । त्यसैगरी खानेपानी, विद्युतीय पूर्वाधार निर्माणतर्फ रु दुई करोड ७७ लाख, वातावरण, सरसफाइ र विपद् व्यवस्थापनतर्फ रु एक करोड ४० लाख, वडा कार्यालय मर्मतका लागि रु एक करोड बजेट विनियोजन भएको छ ।
चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका विभिन्न योजनाको रु २० करोड आगामी वर्ष समावेश गरिएकाले बजेटको आकार बढेको उहाँले जानकारी दिए । नगरपालिकाले आगामी वर्षका लागि करीब रु १३ करोड घटी बजेट पारित गरेको छ । चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु एक अर्ब ४४ करोडको बजेट ल्याएको थियो । “कोरोना सङ्क्रमणका कारण चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनालाई आगामी वर्ष सम्पन्न गर्ने गरी बजेट थप गरिएको छ,” उनले भने, “सोही कारण आगामी वर्षको बजेटको आकार बढेको हो । वास्तवमा आगामी वर्षको बजेटको आकार भने घटेको छ ।”
नगरसभाले भाडामा लगाइएका सटरको दुई महिनाको भाडा छुट दिने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीलाई मर्कामा परेकाले नगरपालिका अन्तर्गत पसल कबल भाडामा बस्नेहरुलाई चैत र वैशाख गरी दुई महिनाको भाडा छुट दिने निर्णय भएको उनले बताए ।
नगरपालिकाले कार्यालयको नयाँ भवन र दमौली बजारमा शटर भाडामा लगाएको छ । नगरसभाको यस निर्णयबाट व्यवसायीले मासिक रु १३ लाखका दरले दुई महिनाको रु २६ लाख भाडा छुट पाएका छन् । नगरसभाले व्यवसाय कर असार मसान्तभित्र तिर्नुपर्नेमा असोज मसान्तभित्र बुझाउँदा पनि जरीवाना नलाग्ने निर्णय गरेको छ । नगरसभाले आर्थिक ऐन, विनियोजन विधेयक, वातावरण परीक्षण ऐन पारित गरेको छ भने ३१ वटा विभिन्न समिति विघटन गरेको छ । नगरसभाको अवसरमा क्वारेन्टिन बनाउन सहयोग पु¥याउने निर्मल माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, मदर्शा आधारभूत विद्यालय र जनसेवाआधारभूत विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार