बाढी पहिरोले देशभर ५३ जनाको मृत्यु
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार १८:४४:४०
काठमाडौं । देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन सञ्चालन केन्द्रका अनुसार ५३ जनाको ज्यान गएको र सयौ घाइते भएका छन ।
मृत्तकको संख्या बढेको भनिएपनि पुष्टि भइसकेको छैन । कतिपय घटनास्थलमा प्रहरी पुग्नै बाँकी रहेकाले मृत्तक र घाइतेको एकिन विवरण आउन नसकेको केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिए । वस्तीका अनुसार आज शुक्रबार मात्रै यो समाचार तयार पार्दासम्म १३ जनाको मृत्यु भएको छ ।
म्याग्दीमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ । ३० जना भन्दा धेरै घाइते छन । यस्तै लमजुङमा गएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते छन ।
यस्तै कास्कीको सराङकोट र हेम्जामा गएको पहिरोमा ७ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन । रुकुम पश्चिममा पहिरो परीमा आमा छोरा गरी दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन ।
पछिल्लो समय सबैभन्दा ठूलो क्षति पुगेको म्याग्दीमा १० जना र पर्वतमा ९ जनाको मृत्यु भएको भनिएपनि पुष्टि हुन सकेको छैन । जाजरकोटमा पनि पहिरो गएको सुचना आएपनि प्रहरी घटनास्थल पुगेको छैन ।
अहिलेसम्म ५३ जनाको मृत्यु
मनसुनी विपदका कारण अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ । बैशाखदेखि असार २५ गतेसम्म ३६ जना मृत्यु भएको केन्द्रको भनाई छ । हिजो सिन्धुपाल्चोकमा २ जना र आज लमजुङ, कास्की, म्याग्दी, रुकुम पश्चिममा गरी १३ जनाको मृत्यु भएको हो । सबै गरेर अहिलेसम्म ५१ जनाको मृत्यु भएको हो ।
यसबीचमा १ सय २५ घटना घटेका थिए । तीमध्ये बाढीमा परेर ४ जनाको मृत्यु भएको छ । २ जना अझै बेपत्ता छन । २ जना घाइतेको उपचार भइरहेको छ । यस्तै पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन ।
यस्तै सबैभन्दा धेरै यसबीचमा चट्याङका १ सय ५३ घटना घटेका छन । चट्याङले २७ जनाको मृत्यु भएको छ भने १ सय ६१ जना घाइते भएका छन ।
हेलिकोप्टर र रबरबोर्ड तयारी अवस्थामा
बर्षायामको समयमा आउने सक्ने थप विपदमा उद्धारका लागि राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले हेलिकोप्टर र रबरबोर्ड तयारी अवस्थामा राखेको छ । सातै प्रदेशका सदरमुकाममा हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ भने तराईका जिल्लामा चालकसहित रबरबोर्ड पनि तयारी अवस्थामा राखिएको केन्द्रका प्रमुख वस्तीले बताए ।
उनका अनुसार म्याग्दीको पहिरोमा हराएकाहरुको खोजीका लागि बिहानैदेखि हेलिकोप्टर पठाउन लागिएपनि खराब मौसमका कारण उड्न सकेको छैन । पोखराबाट पटक पटक हेलिकोप्टर उड्ने प्रयास गरेपनि बर्षाका कारण उड्न सकेको छैन ।
अरु जिल्लामा पहिरोमा परेकाहरुको उद्धारका लागि पनि हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । यस्तै तराईमा आउने सम्भावित डुबानमा उद्धारका लागि १ सय ९१ वटा रबरबोर्ड तयारी अवस्थामा राखिएको छ । केन्द्रका प्रमुख वस्तीले बर्षायामको बेला जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरेका छन ।
मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म भारी बर्षा हुने बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार