शनिबार , बैसाख ११, २०७८

अगरबत्तीको धुँवा चुरोटको भन्दा खतरनाक

अगरबत्तीको धुँवा चुरोटको भन्दा खतरनाक

काठमाडौं । धार्मिक कार्यमा होस् वा सांस्कृतिक कार्यमा होस् जताततै अगरबत्ती आवश्यक्ता परेकै हुन्छ। धार्मिक कार्य तथा पूजापाठमा आवश्यक पर्ने अगरबत्तीको वषौँदेखि प्रयोग गर्दै आइएको छ। अधिकांश मानिसहरु पूजापाठको समयमा मात्र नभएर बिहान र बेलुका नियमित रुपमा पनि अगरबत्ती बाल्ने गरेको समेत पाइन्छ।

तेसाे त असार–साउन महिनालाई भत्ती–आराधानाको महिनाको रुपमा लिइन्छ । यतिबेला शरीरलाई शुद्ध राख्ने, शाकाहारी भोजन गर्ने, पूजाआजा गर्ने प्रचलन छ । अतः पूजाआजाका क्रममा हामीले धूप बाल्ने गर्छौं । विगतमा विभिन्न वनस्पतिको पात एवं बोक्राको मिश्रणबाट तयार गरिएको विशेष किसिमको धुप बालिन्थ्यो, जो लाभदायक मानिन्थ्यो । अहिले भने तयारी सुगन्धित धुप बाल्ने गरिन्छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तर, यस किसिमको धुपबाट निस्कने धुँवा निकै हानिकारक हुने बताइन्छ । अध्ययनहरुले के भन्छ भने, अगरबत्ती चुरोटको धूँवा भन्दा खतरनाक हुन्छ । प्रायः जसो पसलहरुमा बिहानमा अगरबत्ती बाल्ने गरेको देखिन्छ। तर धेरैलाई यो कुरा थाहा नहुन सक्छ, अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा खतरनाक हुन्छ।

अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा अझ खतरनाक हुने जानकारहरुले बताउने गरेका छन्। अगरबत्तीबाट निस्कने धुँवाले ब्रेन ट्यूमर र क्यान्सर हुने खतरा बढाउने गरेको जानकारहरुले बताएका छन्।

चिकित्सकहरुका अनुसार अगरबत्तीमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुन्छ र यस्तो धुँवाबाट शरीरमा पोल्ने समस्या उत्पन्न हुनुका साथै यसले क्यान्सरसम्म हुन सक्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय