पहिलोपटक आईजीपीलाई प्रधानसेनापतिले दिए बधाई
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार २३:४७:१०
काठमाडौं । नेपाल प्रहरीका प्रमुख आईजीपी शैलेश थापा क्षेत्रीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भेटेरै बधाई दिएका छन । प्रहरी प्रधान कार्यालय नक्साल पुगेर प्रधानसेनापति थापाले नवनियुक्त आईजीपी थापालाई बधाई दिएका हुन ।
खासगरी विभागीय संगठनमा एकअर्कामा समन्वयभन्दा बढी रिस र आवेग पोख्ने प्रवृत्ति बढ्दो थियो । केही समययता नेपाली सेनाभित्रका विकृतिलाई क्रमश हटाउन लागिपरेका प्रधानसेनापति थापाले नेपाल प्रहरीमा पनि यही अपेक्षाका साथ आएका नवनियुक्त आईजीपी थापालाई भेटेर बधाई दिएकाे देखिन्छन ।
आईजीपी थापालाई प्रधानसेनापति थापाले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन । अनौपचारिक रुपमा कुराकानी र सरसल्लाह हुने भएपनि विभागीय संगठनमा नेपाली सेनाका प्रमुखले नेपाल प्रहरीका प्रमुखलाई भेटेरै शुभकामना दिएको सम्भवतः यो पहिलोपटक हो ।
प्रधानसेनापति र आईजीपी थापाका बीचमा दुवै संगठन मिलेर आपसी हित, सहकार्य र समन्वयका विषयमा छलफल भएको थियो । भेटका क्रममा प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरेका थिए ।
प्रहरी महानिरीक्षक थापाले पनि प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार