नाकाबन्दीको दिशानिर्देश पनि नाकाबन्दी नै हो
नेपालबहस संवाददाता
असार २७, २०७७ शनिबार १७:५३:३९
सन १८१४ को अक्टोबरमा विभिन्न राज्यमा बिभक्त नेपाललाई एकिकरण गर्न अघि बढेको गोर्खाली फौजसँग नालापानीको युद्धमा हार खाएर, युद्ध स्थल छाडेर भागेका अंग्रेज फौज केही समयपछि पुनः फर्केर आई रणनीतिक तबरले गोर्खाली क्याम्पमा उपभोग भईरहेको “पानीको आपुर्ति बन्द” गरेपछि प्यासले छटपटाएका गोर्खाली फौज तत्कालका लागि नालापानी छाडेर गएका हुन । युद्धमा नेपालले हारेको थिएन, होईन । सुगौली सन्धि युद्वको नभएर कायरताको परिणाम थियो ।
नालापानी छाड्दाका बखत गोर्खाली फौजको अंग्रेज फौजसँग दुई पक्षीय भिडन्त भएको थिएन । “नालापानी”मा दुईपक्षीय भिडन्तमा गोर्खाली फौजको हार भएको भए हारेका फौजको सम्मानमा उनीहरूकै भुमिमा अंग्रेजले विरताको गाथासहितको शिलालेख निर्माण गर्ने थिएन । नेपालले पश्चिम कांगडासम्मको क्षेत्र गुमाउनुमा नालापानीमा अंग्रेज फौजद्वारा गोर्खाली फौजले प्रयोग गरिरहेको पानीको आपुर्ति बन्द गरेर कायर,अमानवीय र रणनीतिक छल गरेका थिए ।
पछिल्लो समयमा युद्ध गर्दा युद्वरत पक्षहरूले द्वन्द्वको समयमा पालन गर्नुपर्ने विभिन्न अन्तर्राष्ट्रिय नियमहरू बनाएका छन ।युद्धको नियम बिपरितका क्रियाकलाप अमानविय मानिन्छ र उल्लंघन गर्ने पक्षका जिम्मेवार व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय न्यायालयमा उभ्याएको पनि पाईन्छ । नालापानीमा राशनपानी बन्द गरेर, तड्पाएर अंग्रेज फौजले तिनै मानवीय समवेदनाको प्रत्यक्ष उलंघन गरेका थिए । जुन कायरतापुर्ण थियो, छ र रहिरहनेछ । जसलाई कुनै अर्थमा सहि मान्न सकिन्न ।
भारतमा ईष्ट ईण्डिया कम्पनीको उपस्थिति नेपालको एकिकरण अभियानका दृष्टिकोणले दुर्भाग्यपुर्ण थियो । अंग्रेजको उपस्थितिका कारण एकीकरण अभियान स्थगित भएपछि टुक्रिएर बसेका भारतका राज्यहरू नेपालमा समाहित हुन सकेका थिएनन् । यहि कारण भारत र भारतीयहरू सयौं बर्षसम्म अंग्रेजको गुलाम हुन पुगेका थिए । उक्त कम्पनी नभएको भए शक्तिशाली नेपालको एकीकरण अभियानमा भारत समेटिएर बिशाल हिन्दु अधिराज्य हुने र भारतले न्याय पाउने सुनिश्चित थियो ।
नालापानीमा ईष्ट ईण्डिया कम्पनीले देखाएको कायरताको पुनरावृत्ति पटकपटकको “आपुर्ति अवरोध” वा नाकाबन्दी हो ।नाकाबन्दी लगाएर भुमि हडप्न पल्केको भारतले पटक पटक नाकाबन्दी नै लगाईरहेछ । तत्कालिन र अहिलेको भारतले उसको ईच्छा बमोजिम रणनीतिक र कुटनीतिक हस्तक्षेप असफल भएको खण्डमा, नेपाललाई पकडमा ल्याई स्वार्थ सिद्ध गर्न अमानवीय मानिने आपुर्ति अवरोध र नाकाबन्दी गरिआएकोछ । बि.सं २०१९, २०२७, २०४५ र बि.सं २०७२ सालमा पटकपटक नेपालले नाकाबन्दी व्यहोरिसकेको छ ।
भारतको घमण्ड, हेपाहा प्रवृत्ति, तुच्छ राजनीति र आन्तरिक मामलामा निरन्तरको हस्तक्षेप नाकाबन्दीमा आएर प्रकट हुने गर्दछ । भु परिवेष्ठित मुलुकलाई समुन्द्रसम्मको पहुँच अन्तर्राष्ट्रिय अधिकार भएको र सो अधिकारबाट बिश्वका कुनैपनि मुलुकले, कुनैपनि मुलुकलाई, कुनैपनि बाहानामा बंचित गर्न पाउदैन भन्ने कुरा भारत र नेपालका शाषकले ख्याल गर्न जरूरी छ ।
भारतले नेपालको कमजोरी पत्ता लगाई नाकाबन्दीको विकल्पमा भविश्यमा अन्य कुनै अमुक बिषय झिकेर दवावमा राख्न सक्दैन भन्न सकिदैन ।बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक रुपमा विविधतायुक्त नेपालमा उसले अमुक जात वा सम्प्रदायलाई हातमा लिएर बितण्डा नमच्चाउला भन्न सकिन्न । पछिल्लो समय उसको बक्रदृष्टि मधेश मधेसी आदिबासी जनजाती उचाल्ने काममा प्रकट हुन थालेको स्पस्ट भएको छ ।
पछिल्लो पटक बि.सं २०७२ सालको नाकाबन्दीबाट नेपालको अर्थतन्त्रमा खरबौंको क्षति पुर्याएको भएतापनि क्षतिपुर्ति दावी नगरी चुपचाप सहेर बस्नु नेपालको कुटनीतिक लज्जाको बिषय हो । पटकपटकको नाकाबन्दीको बिरोधमा कुटनीतिक संयन्त्र प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरमा लबिङ गरि तार्किक निष्कर्षमा पुर्याउन नसक्नु नेपाल र नेपाली जनता माथिको अन्याय हो । नेपालमा गरेको नाकाबन्दीलाई अवसरको रुपमा लिने हो भने पटकपटकको नाकाबन्दीलाई सदाका लागि अन्त्य गर्ने दिशानिर्देश पनि “नाकाबन्दी”ले नै गर्दछ । नाकाबन्दीलाई अवसर मानेर त्यसलाई सदाका लागि अन्त्य गर्न नसकेको नेपालले भविश्यमा पनि आपुर्ति अवरोधको सामना गर्नुपर्ने स्पस्ट रहेको छ ।
-लेखक पोखरेल अधिवक्ता, समाजशास्त्री र मानवशास्त्री हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार