अनुगमनको भत्ता कटौती, कृषिमा लगानी
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार १६:५६:३९
बाँके । खजुरा गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने भएको छ । गाउँपालिकाको सातौँ गाउँसभामा वडा नं २ का अध्यक्ष देवीलाल खनालले अनुगमनको भत्ता कटौती गर्न राखेको प्रस्ताव सभाबाट पारित भई उक्त रकम कृषिमा लगानी गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले अगाडि सारेको कृषिबाटै आर्थिक समृद्धिको अभियानलाई सहयोगी हुनेछ । अब रु पाँच लाखसम्मका योजनाको अनुगमन वडाध्यक्षको संयोजकत्वमा गरिने भएको छ । यहाँको वडा नं २ र ३ मा व्यावसायिकरूपमा तरकारी खेती हुँदै आएको छ । गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने गरेको निर्णय कृषकको पक्षमा रहेको वडा नं २ निवासी अगुवा कृषक लालबहादुर खत्रीले बताए।
गाउँपालिकाले किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था गर्दै उत्पादित कृषि उपजलाई स्थायी बजारीकरणको व्यवस्था गर्न सके गाउँपालिका कृषिमा आत्मनिर्भर बन्ने कृषक खत्रीको भनाइ छ । गाउँपालिका अध्यक्ष कक्षपतिले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा थप नयाँ कार्यक्रमसहित बजेटमा प्राथमिकता दिइने बताए । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेट संशोधनसहित पारित भएको छ । गत असार १० गते उपप्रमुख एकमाया विकले बजेट अधिवेशन तथा सातौँ गाउँसभामा प्रस्तुत गरेको रु ७६ करोड ३६ लाख ७३ हजार ४८७ बजेट सभाले पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष कक्षपतिले गाउँपालिकामा निर्वाचनको बेला मतदातासामु गरिएका १०१ बुँदे घोषणामध्ये ६५ बुँदा पूरा भएको र अन्य कार्यान्वयनको दिशामा रहेको बताए । चालू आर्थिक वर्षमा कोरोना महामारीका कारण धेरै काम रोकिएको उनको भनाइ थियो । “कोरोना महामारी सङ्क्रमण रोकथामका लागि चार महिना व्यतित भयो, त्यसैले कयौँ योजना पूरा हुन पाएका छैनन्”, अध्यक्ष कक्षपतिले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार