विपद् पीडितको उद्धारमा जुट्न आयोगको आग्रह
नेपालबहस संवाददाता
असार २८, २०७७ सोमबार ०:४९:२०
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, पीडितको तत्काल उद्धार तथा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन, प्रभावकारी राहत वितरण गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा बाढी, पहिरा तथा डुबानबाट वर्षेनी सयौँ व्यक्तिले ज्यान गुमाउनु परिरहेको यथार्थलाई दृष्टिगत गरी विकास निर्माणका कार्यलाई मानव अधिकारमैत्री बनाई काम गर्न आग्रह गरिएको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, चट्याङ तथा डुबानमा परी म्याग्दी, सिन्धुपाल्चोक, जाजरकोट, कास्की, सङ्खुवासभा, लमजुङ, गुल्मी, रौतहट, नवलपरासी पश्चिम, चितवनलगायत विभिन्न जिल्लामा दर्जनौँ नागरिकको मृत्यु भएको छ । झण्डै तीन दर्जन बढी बेपत्ता भएको, सयौँ परिवार विस्थापित तथा घाइते भएको अवस्थाप्रति चिन्ता प्रकट गर्दै यस प्रकृतिक विपद्बाट हुन गएको जनधनको क्षतिप्रति आयोगले गहिरो दुःख व्यक्त गरेको छ ।
आयोगले प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट पीडितको अवस्था, उद्धार, राहत वितरण, स्वास्थ्योपचार बसोबासलगायतका विषयमा सूचना सङ्कलन कार्य भइरहेको जनाएको छ । आयोगका सदस्य सुदीप पाठकले आज गृहसचिव महेश्वर न्यौपानेसँग प्राकृतिक विपद्का समयमा सरकारले गरिरहेको पहल, उद्धार राहत तथा रोकथामका सम्बन्धमा छलफल गरेका छन् ।
साथै क्वारेन्टाइन व्यवस्थापन तथा सुरक्षा अवस्था, स्वास्थ्य परीक्षणको अवस्थाका सम्बन्धमा पनि छलफल भएको छ । छलफलमा गृहसचिव न्यौपानेले विपद् व्यवस्थापन तथा महामारीमा सरकारले संवेदनशील भई कार्य गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार