नक्कली भारतीय रुपैयाँको कारोवार गर्ने गिरोह पक्राउ
नेपालबहस संवाददाता
असार २८, २०७७ सोमबार ३:०:३०
सुरुङ्गा । भारतीय पाँच सय रुपैयाँको कारोवारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले एक लाख ४४ हजार भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कनकाइ नगरपालिका–३ सुरुङ्गाका सुन व्यवसायी ४३ वर्षीय मौसम श्रेष्ठ, कनकाइ नगरपालिका–४ का २९ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका–५ निवासी २४ वर्षीय एराजुल हक रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
उनीहरुलाई प्रहरीले आज अपराह्न पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । उनीहरुलाई शनिबार राति कनकाइ नगरपालिका–३ बाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रहरीले बरामद गरेका नोट पाँच सय रुपैयाँका रहेका छन् । शनिबार दिउँसो २ बजे खुर्सैद आलमले ५०० का भारतीय नोटको कारोवार गरेपछि ती नोट कहाँबाट ल्याएको हो भनी खोजी गर्दा मौसम श्रेष्ठसँग लेनदेन गरेको र श्रेष्ठकै घरमा लुकाइराखेको गोप्य सूचनाका आधारमा प्रहरीले शनिबार नै छापा मारेको जनाएको थियो ।
श्रेष्ठका घरबाट पाँच सय दरका २८८ थान नक्कली भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नेपाली नोट एक हजारका चार र पाँच सयका ३३ थान गरी २० हजार ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको भारतीय रुपैयाँमा १५ देखि २० थान नोटमा एउटै नम्बर रहेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार