कपिलवस्तुमा किसानलाई कृषि सामाग्री वितरण
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १४:११:५३
चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाले व्यावसायिक किसानलाई कृषि सामग्री वितरण गरेको छ । नगरका सात पशुपालक किसानलाई घाँस उत्पादनका लागि घाँसको बीउ र पम्पसेट वितरण गरेको छ । सात पशुफार्मका सञ्चालकलाई नगरप्रमुख नेत्रराज अधिकारीले सामग्री वितरण गरेका हुन ।
नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को पशु विकासतर्फ पशु आहार कार्यक्रमअन्तर्गत घाँसको बीउ उत्पादन स्रोत केन्द्र तथा नमूना नर्सरी स्थापना शीर्षकअन्तर्गत नगरमा सञ्चालनमा रहेका उन्नत कृषि तथा पशुपालन फार्मका जीवलाल काफ्ले, भितिरियाको श्री सोनवागढ बहुउद्देश्य कृषि फार्मका सञ्चालक राजु खराल, सेमरीको कपिल गाई तथा भैँसीपालन फार्म सञ्चालक कपिल यादव, ककरहवाको एग्रिकल्चर पोल्ट्री फार्म सञ्चालक सुरज पाण्डे, मामा भान्जा बहुउद्देश्य कृषि तथा पशु फार्म सञ्चालक ताराप्रसाद घिमिरे, सिद्ध पशु तथा कृषि फार्म सञ्चालक वीरबहादुर सुनार र इन्द्रप्रताप सेनलाई नगरप्रमुख अधिकारीले पम्पसेट, घासँको बीउ वितरण गरेका हुन।
सो अवसरमा नगरप्रमुख अधिकारीले किसानले उन्नत जातको घाँस उत्पादन गरी पुनः नगरलाई २० प्रतिशत निःशुल्क बीउ प्रदान गर्नुपर्ने बताए । उनका अनुसार यसबाट अर्को वर्ष उन्नत बीउ खरिद गर्न नपर्ने र अन्य किसानलाई वितरण गर्न सजिलो हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार