पहिरोले घर गोठ पुरिदा ५ बाख्रा मरे, साढे ४ लाख क्षति
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १८:४१:१८
स्याङजा । पहिरोले घरगोठ पुरिदा स्याङ्जाको विरुवा गाउँपालिका ६ का साजन रानाले पालेका ५ वटा बाख्रा मरेका छन । घरमाथिबाट खसेको पहिरोले पुरिदा ५ वटा बाख्रा मरेका र ६ वटाको उद्धार गरिएको छ ।
बर्षाले राती झण्डै १२ बजेतिर पहिरो आएर घरगोठ पुरिएको थियो । राई गएराती भाईको घरमा सुतेका बेला मानवीय क्षति हुन पाएन । आमा बुवा बितिसकेकाले दुई दाजुभाईले अलग अलग घर लगाएर बसेका थिए ।
तर गएराती पहिरो जानुपूर्व उनीहरुको परिवार भाईको घरमा बसेका थिए । नभन्दै मध्यराती पहिरो गएपछि रानाको घरगोठ पुरिएको हो । राती नै गाउँले मिलेर ६ बाख्रा पहिरोबाट निकाल्न सफल भएका थिए । तर ५ वटा बाख्रा भने मरेका रानाले बताए ।
मरेका बाख्रालाई आज बिहान खाल्डो खनेर गाडिएको छ । स्थानीय प्रहरी चौकीले बिहान घटनास्थलमै पुगेर मुलूल्का उठाएको छ । घरगोठ, बाख्रा, घरमा रहेका ल्यापटप, टेलिभिजन पुरिदा साढे ४ लाखको क्षति भएको रानाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार