भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १९:१५:१९
एजेन्सी । भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा भारतभरी कोरोना भाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सक्रमितमध्ये तीन लाख ११ हजार ५६५ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७१ हजार ४५९ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७२७ जनाको मृत्यु भएको छ ।
भारतमा सब भन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना संक्रमित भएका छन् भने दश हजार ४८२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै संक्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७९८ जना रहेका छन् भने २ हजार ३२ जनाको मृत्यु भएको छ ।
तेस्रो धेरै संक्रमित भएको दिल्ली प्रदेशमा एक लाख १३ हजार ७४० जना रेहेका छन् । दिल्लीमा कोरोना संक्रमणको कारण ३ हजार ४११ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको हिसाबबाट विश्वभरीको तथ्यांकलाई हेर्दा भारत तेस्रो धेरै संक्रमित रहेको देशमा पर्दछ पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिलमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार