पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमाता हुन्नन्
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार २२:२८:१८
चितवन । युवा पुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथासङ्ग्रह ‘कुमाता’ को दोस्रो संस्करण बजारमा आएको छ । ‘पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमात हुन्नन् ’ भन्ने कथनलाई कथासङ्ग्रहले भताभुङ्ग बनाउँदै समाजमा विद्यमान विकृति तथा विसङ्गतिलाई मूल केन्द्रमा राखेको छ ।
सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषय वस्तु समेटिएको सो कथासङ्ग्रह गत फागुन २६ गते पहिलोपटक सार्वजनिक भएको थियो । छोटो अवधिमा दोस्रो संस्करण प्रकाशन भएको हो । मोफशलमा रही दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ सञ्चारकर्मी पराजुलीका कथासङ्ग्रहलाई भँुडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको हो।
कथासङ्ग्रह भित्रका विभिन्न शीर्षकका दश कथाले अवैधानिक रुपमा गर्भधारण गरेका कारण कयौँ नवजात शिशुको हत्या गर्न विवश छन् माताहरु भन्ने तथ्यलाई सरल, आकर्षण र जीवन्त रुपमा प्रस्तुत गरेको छ । पुस्तकले समाजको यथार्थतालाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएकाले पाठकको रोजाइ वढी हुँदा छिट्टै दोस्रो संस्करण छाप्नुपरेको प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए ।
गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन् । यी कथाले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेको पाईन्छ । कथाकार वसन्त पराजुलीले भने, “ ‘कुमाता’ नेपाली समाजमा नारीहरुले भोगिरहेका समस्याको एउटा दस्ताबेज हो । यो कुमाताको कथा होइन, माताको कथा हो । यसमा नारीसमस्याका अतिरिक्त समसामयिक विविध विषय क्षेत्रका समस्या उजागर गरिएको छ ।”
पत्रकारिता , यसमा पनि इमान्दार पत्रकारका पीडा र समस्यालाई गोताखोरले जस्तै गहिराइमा पुगेर कथासङग्रहले उजागर गरेको छ । नारी संवेदनाका दृष्टिले कुमाता कथासङग्रह सशक्त देखिन्छ । यसका सङग्रहित प्रायः कथाहरुमा नारी संवेदना कुनै न कुनै रुपमा प्रस्तुत भएका छन् । नारीका संवेदना पुरुषले बुझ्न सक्नुपर्छ अन्यथा यसले गम्भीर रुप लिन सक्छ । कुमाता बनाउन विवश बनाउने समाजलाई पुनः एकपटक गम्भीर रुपमा सोच्न बाध्य कथासङग्रहले बनाएको छ यस कथा सङग्रहका कथाहरुले ।
द्वन्द्वका सहभागी कार्यकर्ताको जीवनचर्या, निकुञ्ज क्षेत्र वरपरका सोझासाझा गाउँलेले भोग्नपरेका पीडा, दलित समस्या, बालसमस्या, चरम गरिबी, पति परदेश भएका पत्नीहरुको मानसिक अवस्था र मनोविज्ञान आदि विविध विषय समेटिएका कुमाताका कथा विषयका हिसाबले रोचक रहेको पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्यम खतिवडाले बताए । उनले भने,“एउटा सञ्चारकमर्मी फुटकर समाचारमा मात्रै केन्द्रित हुनुभन्दा लेखिएका र देखिएका विषयलाई पुस्तकका रुपमा प्रकाशित गर्न सकिन्छ भन्ने सबैका लागि यो प्रेरणा बनेको छ । ”
लेखक पराजुलीले कथासङ्ग्रह यति छिट्टै दोस्रो संस्करण आउने अवस्था आउनुमा पाठकले आफूप्रति अपार माया र स्नेह दिनुभएको प्रतिक्रिया दिए । कथामा समेटिएका विषयवस्तुले पाठकको मन छोएकाले पनि यति छिटो दोस्रो संस्करण आउने अवस्था भएको उनको भनाइ छ । नदी झै सलल बगेको कथावस्तु, भाषामा सरलता र बोधगम्यताका कारण कथासङ्ग्रह उत्कृष्ट बन्न पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’ [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार