जुनमा अमेरिकी बजेट घाटा आठ खर्ब ६४ अर्ब डलर
नेपालबहस संवाददाता
असार ३०, २०७७ बुधबार १:१९:४७
एजेन्सी । संयुक्त राज्य अमेरिकाको संघीय बजेट घाटा जुनमा अत्यधिक उच्च विन्दूमा पुगेको अमेरिकी अर्थमन्त्रालयले जनाएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण निकै प्रभावित विश्व शक्तिराष्ट्र अमेरिकामा जुनमा बजेट घाटा आठ अर्ब ६४ करोड अमेरिकी डलर पुगेको मन्त्रालयद्वारा सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
यससँगै सन् २०२० को पहिलो छ महिनामा अमेरिकामा व्यापार घाटा अहिलेसम्मकै उच्च २७ खर्ब रहेको तथ्याङ्कमा उल्लेख छ । जुनमा अमेरिकी सञ्चितीमा पनि पाँच अर्ब अमेरिकी डलरले कमी आएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कुनै तथ्याङ्कलाई उद्धृत नगरीकनै जुनका लागि लिएको लक्ष्य पूरा गर्न संघीय प्रशासन असफल भएको तथ्याङ्कले देखाएको छ ।
सन् २०२० को पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्रमा पाँच प्रतिशतले सङ्कुचन आएको र यो सङ्कुचन सन् २००८-०९ देखिएको विश्वव्यापी वित्तीय सङ्कटपछि पहिलो पटक उच्च देखिएको हो ।
कोभिड–१९ को महामारीका कारण अमेरिकी ५० राज्यमध्ये अधिकांश राज्यमा लकडाउन वा कोरोना नियन्त्रणका लागि भएका प्रयासका कारण व्यवसायिक गतिविधि प्रभावित भएको कारण अर्थतन्त्रमा सङ्कुचन आएको अमेरिकी अर्थमन्त्रालयको दावी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार