योजना सञ्चालनका लागि समय थप गर्न माग
नेपालबहस संवाददाता
असार ३१, २०७७ बुधबार १२:५७:१५
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण सङ्घ र प्रदेशले स्वीकृत गरेका अधिकांश योजना अलपत्र अवस्थामा रहेको भन्दै योजना सञ्चालनको समय थप गर्न माग गरेको छ ।
उपमहागरपालिकाको मङ्गलबार सम्पन्न सातौँ नगरसभाले अर्थ मन्त्रालयका कारण लकडाउनको समयमा ठेक्का आह्वान गर्न नसकिएकाले अधिकांश योजना अधुरो अवस्थामा रहेको भन्दै समय थप गर्न माग गरेको हो ।
“अर्थ मन्त्रालयले पिएमओ सार्वजनिक बोलपत्र आह्वान मार्फत ठेक्का आह्वान गर्न दिएन”, नगर प्रमुख डा धवलशम्शेर राणाले भने, “लकडाउन खुकुलो भएपछि आर्थिक वर्षको अन्तिम महिना शुरु भयो, जसका कारण धेरै योजना अलपत्र अवस्थामा छन् ।”
नगरसभा समापनका अवसरमा चालु आर्थिक वर्ष ०७६/७७ मा सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने पाँच वडा कार्यालयलाई सम्मान गरिएको छ । चालु आवमा सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने वडा कार्यालयहरु १, २, ४, १० र १८ लाई नगरसभामा सम्मान गरिएको हो ।
यसैगरी उपमहानगरपालिकाबाट हालै सेवा निवृत्त हुनुभएका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेललगायत एक दर्जनभन्दा बढी कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
यसैबीच नेपालगञ्जमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सर्वपक्षीय सहमति जुटेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा राणाको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उपमहानगरपालिका–६ स्थित फुल्टेक्रा ताल र कर्बलाको जग्गामा प्रस्तावित नेपालगञ्ज अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि जग्गा बाँडफाँटमा सहमति जुटेको हो ।
बैठकमा रङ्गशाला निर्माण, मुस्लिम समुदायको कर्बला निर्माण, वडा नं. ६ को कार्यालय तथा हिन्दूहरुको मुर्चुवा पूजास्थल निर्माण गर्ने प्रस्ताावित नक्सालाई बैठकले समान्य हेरफेर गरी पारित गरेको छ ।
राजनीतिक दलका नेता, मुस्लिम र हिन्दू समुदायका अगुवा र वडाका जननिर्वाचित जनप्रतिनिधिहरू सहभागी रहेको बैठकले नक्साअनुसार बन्ने भौतिक संरचना निर्माणका लागि उपमहानगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
बैठकमा नगर प्रमुख डा राणाले लामो समयको प्रयासपछि रङ्गशाला निर्माणका लागि सहमति जुटेको भन्दै तत्काल निर्माण कार्य शुरु गर्ने बताए । रङ्गशाला निर्माणका लागि यस वर्ष माटो पटान र पर्खाल निर्माणका लागि रु दुई करोड ५० लाख बजेट विनियोजन गरिएको क्रिकेट मैदान स्थान छनौट समितिका संयोजक तथा वडा नं. २ का अध्यक्ष सुनिलसिंह हमालले बताए ।
उक्त स्थानमा रहेको ११ बिघा छ कठ्ठा जग्गा मध्ये रङ्गशालाका लागि तीन बिघा तीन कठ्ठा, पेभिलियनका लागि पाँच कठ्ठा, कर्बलाका लागि तीन बिघा, हिन्दू मुर्चुवाका लागि दुई विघा तीन कठ्ठा र वडा कार्यालयको भवन निर्माणका लागि तीन कठ्ठा जग्गा छुट्याइएको नगर प्रमुख राणाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार