माग उच्च भएपछि किवी खेतीमा जुट्दैछन् किसान
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार १९:४३:५४
इलाम । राम्रो भाउ पाउन थालेपछि जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुआती लगानी धेरै भए पनि दीगो फाइदा लिन सकिने र सजिलै बेच्न सकिने भएपछि किसान किवी खेतीमा जुटेका हुन् । किवीमा लगानी गर्दा राम्रो फाइदा हुने बुझेसँगै घर–घरमै विरुवा उत्पादन गरेर किसान किवीमा लागेका हुन् । जिल्लामै ‘किवी जोन’ निर्माण भएपछि त उत्साह मिलेको छ । देशभित्र नै किवीको माग धेरै रहेकाले यसका लागि प्रोत्साहन गर्नुपर्ने सन्दकपुर–३ का तारामणि खतिवडा बताउछन् ।
“देशमा आवश्यक मागको १० प्रतिशत किवी हामीले धानेका छौँ । अरू बाहिरैबाट आउँछ”, लामो समयदेखि किवी खेतीमा खेतीमा लागेका खतिवडा ४० रोपनी क्षेत्रमा खेती गरेको सुनाउछन् । कृषकमा खेतीसम्बन्धी जानकारी लिन प्रशिक्षण कम भएको र यसको फाइदाका बारेमा जानकारी नभएकाले किसान जागरुक नभएको उनको भनाइ छ । “कृषकका लागि आएका कार्ययोजना कृषक सामु आइ नै पुग्दैनन् न त अनु्दान नै आउँछ । त्यसैले धेरै किसानले किवी बारे जानकारी पाएका छैनन् ।”
करिब ५०० विरुवा ग्रीन र १०० विरुवा रेड किवी रोपेका खतिवडाले गएका वर्षमा मात्रै तीन हजार किलो किवी बेचेको बताउछन् । आउँदो वर्षलाई करिब २५ हजार बिरुवा उत्पादन गर्न नर्सरी गरेको खतिवडा बताउछन् । “किवीमा राम्रै आम्दानी हुन्छ त्यसैले धेरै बिरुवा राखेको हुँ ।” खतिवडाले भने ।
बहुवर्षे विरुवा भएकाले सधै खटिरहनु नपर्नाले धेरैले किवी खेती गरेका छन् । यसका बारेमा किसानले धेरै बुझेकाले उत्साह फैलिएको देउकुमार राई बताउछन् । “माग अत्यन्तै धेरै छ । मैले यसै वर्ष २० हजार बिरुवा नर्सरी गरेको छुँ ।” राईले भने, “सुधारिएको हेवार्ड जातको माग धेरै छ ।” एक पटक रोपेको बिरुवाबाट ५० वर्ष उत्पादन लिन सकिने भएकाले एकैचोटी धेरै बिरुवा रोप्नु उपयुक्त हुने राईको भनाइ छ । रोग नलागेमा किवीले ३० वर्षसम्म उच्च मात्रामा उत्पादन दिने र त्यसपछि घट्दै जाने राईको भनाइ छ । समुद्री सतहबाट एक हजार २०० देखि तीन हजार मिटरसम्मको उचाइमा खेती हुने किवी इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम, काठमाडौँ, भोजपुर, सिन्धुपाल्चोकलगायत जिल्लामा उत्पादन भइरहेको छ ।
गाउँमै शीतभण्डार
किवी भण्डारण गर्न सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका किसान तारामणि खतिवडाले शीतभण्डार बनाएका छ । चाहेको समयमा बेच्न किसानको सहयोगमा शीतभण्डार बनाइएको हो । करिब रु तीन लाखमा बनेको शीतभण्डारमा १० हजार किलो किवी भण्डारण गर्न सकिन्छ । खतिवडाले भने, “कोल्डस्टोर बनाउँ भनेर कसैले नसुनेपछि पहिले विदेशमा सिकेको सीपले आफै बनाएको हुँ ।”
गत वर्ष यो शीतभण्डारमा तीन हजार किलो भण्डारण क्षमताको थियो । स्थानीय स्रोत साधन नै प्रयोग गरेर बनाइएको भण्डारमा छ महिनासम्म किवी राख्न सकिन्छ । “तापक्रम मिलाएर राख्न सक्दा लामो समय रहन्छ ।” खतिवडाले भने, “यसमा म ९९ प्रतिशत सफल भए यो साल पनि सफल नै हुन्छु भन्ने छ ।” प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत जोन लागू भएको हो । सन्दकपुर गाउँपालिकाको पाँचवटा वडा र इलाम नगरपालिकाका १, २, ३ र ४ नम्बर वडामा जोन कार्यक्रम लागू भएको हो ।
किवी जोनअन्तर्गत किवीका बिरुवामा ५०, प्रयोगशाला सेवामा ८५, कृषि औजार तथा उपकरणमा ५०, साना सिँचाइ पूर्वाधारमा ८५, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत र शतप्रतिशत प्राविधिक सेवामा किसानलाई अनुदान उपलब्ध गराइन्छ । जोनका लागि आवश्यक ५०० हेक्टर जमिनमा यहाँ खेती गरिएको छ । तर जोनबाट अपेक्षाकृत किसानले फाइदा लिन नसकेको किवी जोन अध्यक्ष देउकुमार राई बताउछन् । तालीम तथा प्रशिक्षणका कार्यक्रम पनि प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेकाले जोनबाट आवश्यकताअनुसार फाइदा लिन नसकिएको अध्यक्ष राईको भनाइ छ ।
इलाममा प्रतिहेक्टर एक दशमलव ५३ मेट्रिक टन किवीको उत्पादकत्व रहेको छ । जिल्लामा ९० प्रतिशत क्षेत्र किवी खेती गर्न सकिने कृषि विज्ञहरूको दाबी छ । जिल्लाभर १५ हजार जति किसान किवी खेतीमा संलग्न रहेको तथ्याङ्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार