साउने सङ्क्रान्तिमा लुतो फाल्ने चलन हराउँदै
नेपालबहस संवाददाता
साउन १, २०७७ शुक्रबार ३:६:४४
१ साउन, विदुर । साउने सङ्क्रान्तिका दिन नुवाकोटका विभिन्न ठाउँमा लुतो फाल्ने चलन हराउँदै गएको छ । श्रावण कृष्ण एकादशीका दिन आज नुवाकोटका विभिन्न स्थानमा साउनमा हर्ष र उमङ्गका साथ लुतो फाल्ने चलन थियो । अहिले समयमा जिल्लाका धेरै ठाउँका स्थानीयवासीले लुतो फाल्न बिर्सिसकेका छन् ।
जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय रहेका छन् । जिल्लाका सबै ठाउँमा प्रायजसो लुतो फाल्ने चलन लोप भइसकेको छ । आजकल मानिसले सास्ंकृतिक कुरा भुल्दै गएको तारकेश्वर गाउँपालिका–४ बुधसिंहका पण्डितले रुद्रप्रसाद देवकोटाले बताउछन । देवकोटा भन्छन्, “साउनको पहिलो सोमबारदेखि शिवको ब्रत बसी पूजाआराधना गरिन्छ । पार्वतीले साउन महिनाभरि निराहार कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकी हुन् । बुधसिंहमा पहिला, पहिला लुतो फाल्ने चलन थियो । पूजाआराधना गरेर ब्रत बसी साँझका समयमा साइत हेरेर मात्र फाल्ने चलन थियो । अबको पुस्ताले न लुतो फाल्छ, न साउने सङ्क्रान्ति नै मनाउँछ ।’
उनका अनुसार लुतो फाल्ने दिन गाउँका महिला, घरमूलीलाई भ्याईनभ्याई हुन्थ्यो । लुतो फाल्ने सामग्री जङ्गलमा गएर जुटाउनै दिनभरि लाग्ने गथ्र्यो । स्थानीयवासी झङ्कबहादुर वस्तीले १५-२० वर्षअघिसम्म लुतो फाल्ने चलनलाई चाडकै रुपमा लिने गरेको बताए । वस्ती भन्छन ‘लुतो फाल्नकै लागि जमानामा म आफैँ लुतो फाल्ने सामग्री हाम्रै वन, जङगल र बारीका कान्ला, खोल्चामा खोज्दै हिँड्ने गरेको थिएँ । अब तचलन पनि हरायो, कोही छोरा विदेश, कोही आफनै जागीरको सिलसिलामा शहर केन्द्रित भए ।अब को लुतो फाल्ने दिन भनी सम्झेर गाउँमा आउँछन् र ’ ?
उनका अनुसार कुकुर दाइना, भलायोको पात, कुरिलो, पानीसरो, पुरेनी गलेनी, लजावती काँडाँ, धयँरी, अरेलीको काँडा, अँयरी, फड्काइलो, चिलाउनेको पात, कटुस, भक्केअमिलो, बुट्टीझार, चरीअमिलो, बकाइनो, रुदिलोलगायत बर्खामा पाइने वनस्पति र मकैलाई लुतोको विशेष सामग्रीका रुपमा लिएर साँझपख थाल ठटाउँदै विधिपूर्वक फाल्ने चलन थियो ।
विदुर नगरपालिका–३ भोर्लेकी मैयाँदेवी खड्काले लुतो फाल्ने साउनको सङ्का्रन्तिका दिन नमनाउँदा घाउखटिरा आउने, बिरामी हुने पुरानो विश्वास रहेको बताए । ‘ लैजा है मूलथला डाँडा, लुतो लैजा भनेर कराउँदै अरेलीको दाउरा र कुरिलो जलाउँदै बलिरहेको अगुल्टो हातमा लिई कराउने गरेको सम्झना उनी गर्छन ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित पनि नुवाकोटका प्रायः ठाउँहरुमा लुतो फाल्ने चलन हराउँदै गएकामा असन्तुष्ट छन । पण्डित भन्छन् ‘नेपाली समाजमा साउने सङ्क्रान्तिलाई लुतो फाल्ने विशेष दिनका रुपमा लिने गरेको पाइन्छ तर हामीले पुराना चलनलाई भुल्दै गएका छौँ, यो राम्रो भएन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको निःशुल्क इन्टरनेट
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार