जङ्गी अड्डामा सैनिक आचारसंहिता सप्ताह
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार १३:१२:२७
२ साउन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सकलदर्जामा सैनिक मूल्यमान्यता, आचरण, देशभक्ति, निःस्वार्थ सेवाभाव र उच्चस्तरको अनुशासन कायम गर्न निर्देशन दिएका छन्।
सैनिक मुख्यालय जङ्गी अड्डामा आचारसंहिता सप्ताह २०७७ शुभारम्भ गर्दै उनले आचारसंहिता बहालमा रहँदा होस् वा अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको बताए । प्रधानसेनापति थापाले भने, “पेशेवर र व्यावसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सङ्गठन भएकाले सेनामा आचारसंहिता पालनामा हरेक व्यक्ति गम्भीर हुन आवश्यक छ ।”
सकलदर्जालाई बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्नहुने र गर्ननहुने कार्यका बारेमा सुसूचित गराउँदै अनुशासित, आचारणयुक्त र जिम्मेवार व्यक्तिका रुपमा विकास सेनाले सबै तह र निकायमा अघिल्लो वर्षदेखि यो सप्ताह मनाउन शुरु गरेको हो ।
सप्ताहका क्रममा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनोट, आर्थिक कारोवार, लैङ्गिक आचरणलगायत विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल र प्रवचन सञ्चालन हुने छ । अघिल्लो वर्ष वैशाख ६ देखि १३ गतेसम्म ‘नेपाली सैनिक आचारसंहिता सप्ताह’ कार्यक्रम पहिलोपटक आयोजना गरिएको थियो । सेनाका सबै तह र संरचनामा विद्युतीय माध्यमबाट प्रत्यक्ष जानकारी लिन सक्ने गरी उक्त कार्यक्रम सञ्चालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार