चौँरीदेउरालीको बन्दै सुविधा सम्पन्न क्वारेन्टाइन
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार १६:१९:४७
२ साउन, काभ्रेपलाञ्चोक । चौँरीदेउराली गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरी कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि वडास्तरमै सुविधा सम्पन्न क्वारेन्टाइन बनाउने जनाएको छ ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आर्थिक वर्षको शुरुआतसँगै नौ वडामै क्वारेन्टाइन व्यवस्थापन गरिने जनाइएको हो । वडास्तरमा क्वारेन्टाइन नबन्दासम्म कारोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताए । उनले भने, “प्रत्येक वडामा आवश्यकताका आधारमा आधारभूत सुविधासहितको क्वारेन्टाइन व्यवस्थापन गर्दै जानेछौँ ।” उनका अनुसार कोरोनालगायत महामारीको बढ्दो जोखिम न्यूनीकरण गर्न आवश्यक बजेट छुट्याइएको छ । हाल पालिकास्तरमा ३० बेडको क्वारेन्टाइन व्यवस्थित गरिएको छ ।
सङ्क्रमणको उच्च जोखिम रहेकाले सचेतनामा विशेष जोड दिइने पनि गौतमले बताए । “बजेट विशेष गरी स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमकतामा राखिएको छ”, गौतमले भने । साथै, गाउँपालिकाले ७० वर्ष उमेर कटेका आफ्ना नागरिकको निःशुल्क उपचार गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रममा ७० वर्ष उमेर कटेका नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियालगायत उपचार निःशुल्क गरिने उल्लेख गरेको छ ।
गौतमले गाउँपालिकाभित्र रहेका स्वास्थ्यचौकी तथा अस्पतालबाट उक्त सेवा दिइने बताए । उनले नीति तथा कार्यक्रम, बजेट घोषणा कार्यक्रममा ७० वर्ष उमेर नाघेका नागरिकको सूची तयार गरी सामान्य रोगका लागिसमेत स्थानीय स्वास्थ्यकर्मीमार्फत उपचार गर्न प्रोत्साहन गरिने बताए । ५ नम्बर वडामा प्रदेश सरकारको बजेटबाट १५ श्ययाको अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ ।
गौतमले आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रमअन्तर्गत कृषि, सिँचाइ तथा पशुपालन, शिक्षा, खानेपानी तथा सरसफाइ, युवा तथा खेलकूद, संस्कृति तथा पर्यटन, स्वास्थ्य, सडक तथा भौतिक पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकास कार्यान्वयनका लागि रु ५२ करोड ३५ लाख तीन हजार बराबरको बजेट पेश गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार