स्थायी कमिटी बैठक केही समयका लागि स्थगित
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार १६:४५:९
२ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को स्थायी कमिटी बैठक केही समयका लागि स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार आज बिहान ११ बजे बस्ने भनिएको पार्टी स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि बैठक केही समयका लागी स्थगित भएको बताइएकाे छ ।
बिहीबार ओली, प्रचण्ड र माधव नेपाल पक्षबीच बालुवाटारमा छलफल भइसकेपछि दुवै पक्षका नेताहरु अलग–अलग छलफलमा जुटेका थिए । प्रचण्ड–माधव नेपाल पक्षको खुमलटारमा भएको भेलाले केन्द्रीय कमिटी बोलाउने निष्कर्ष निकालेको थियो ।
यसैगरी बालुवाटारमा भेला भएका ओली निकट नेताहरुले प्रचण्ड–नेपाल पक्षको कडा प्रतिवाद गर्ने निर्णय गरेका थिए । उनीहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने र हरेक परिस्थितिको सामना गर्ने निष्कर्षसमेत निकालेका छन् ।
नेकपा स्थायी कमिटीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितका नेताहरुले ओलीको कार्यशैली ठीक नभएको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेका छन् ।
यससँगै नेकपामा विवाद चर्किएको छ । गत असार २६ गतेपछि एक सातासम्म बैठक स्थगित गरेर सहमतिको प्रयास गरिए पनि विवाद समाधान भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार