अगानिस्तानमा तालिबान विरुद्धको कारबाहीमा २७ को मृत्यु
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार १७:२९:१७
२ साउन, एजेन्सी । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा परी कम्तीमा २७ आतंककारी मारिएका छन् ।अफगान सरकारी सुरक्षाकर्मीहरुले सो कुराको जानकारी दिएका हुन् । उक्त कारबाही यहाँको सरकारी सुरक्षा फौजले गरेको बताइएको छ ।
अफगान विद्रोहीविरुद्ध भएको कारबाहीमा उनीहरु मारिएको प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार बिहान जानकारी दिएका छन् । अफगानिस्तानको राष्ट्रिय सैनिक संगठनले दिएको जानकारीअनुसार उक्त प्रान्तको कालाकान्चा भन्ने स्थानमा रहेको एक सैनिक पोष्टमाथि तालिबानले आक्रमण गरेका थिए ।
सो आक्रमणमा परी ती सैनिक मारिएको प्राप्त समाचारमा जनाइएको छ । प्रान्तीय राजधानीबाट नजिकको सो क्षेत्रमा रहेका तालिबान आतंककारी समूहलाई लक्षित गर्दै सो कारबाही भएको थियो । उक्त सैनिक पोष्टमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि यहाँको सरकारी सेनाले पनि आक्राणका विरुद्धमा कारबाही जारी राखेको थियो ।
सो आक्रमण पछि यहाँको सेनाले स्थल र हवाई कारबाही गरेको र त्यसमा परी कम्तीमा २७ जना तालिबान आतंककारी मारिनुका साथै अन्य १६ जना घाइते पनि भएका जनाइएको छ ।
जारी यस कारबाहीका क्रममा सुरक्षा अधिकारीहरुलाई भने कुनै क्षति पुगेको छैन । मारिएका र केही घाइते भएका तालिबानबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको समाचारमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार