पूर्वसांसद गुरुङको निधनप्रति सभापति देउवाद्धारा दुःख व्यक्त
नेपालबहस संवाददाता
साउन ३, २०७७ शनिबार १५:५९:५२
३ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भूतपूर्व सैनिक सङ्घका पूर्वअध्यक्ष एवं पूर्वसांसद मेजर दीपकबहादुर गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वसांसद गुरुङको शुक्रबार काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत गुरुङको निधनबाट कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।
विसं १९९३ असार १० गते कास्कीको नार्माजुन गाविस–३ मा जन्मिएका गुरुङ ब्रिटिश आर्मीबाट रिटायर्ड मेजर थिए । उनले तत्कालीन समयमा बेलायतकी महारानी एलिजावेथ द्वितीयको सेरेमोनियल एडिसीको रुपमा समेत कार्य गर्नुका साथै लामो सैनिक जीवनपछि भूपू सैनिक समुदाय र जनताको सेवामा समर्पित भएर उल्लेखनीय काम गरेका थिए ।
ब्रिटिश गोर्खाको समान पेन्सनको आन्दोलन तथा गोर्खालीले पु¥याएको योगदान र बलिदानको कदर गर्दै आवासीय भिसाका लागि गरिएको आन्दोलनको उनी एक नेतृत्वकर्ता थिए । स्व गुरुङ नेपाल भूतपूर्व सैनिक सङ्घको तीन कार्यकालसम्म अध्यक्ष रहेका र उनले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार