अमेरिकामा मास्क अनिवार्य नबनाउने ट्रम्पको भनाइ
नेपालबहस संवाददाता
साउन ३, २०७७ आइतबार ०:२५:५७
३ साउन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने आदेश दिन नसक्ने बताएका छन्। ट्रम्पको यो बयान अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकी राज्य र स्थानिय सरकारका नेतासमक्ष नागरिकहरूलाई मास्क प्रयोग गराउनका लागि हरसम्भव प्रयास गरिदिन आग्रह गरेको समयमा आएको हो।
फाउचीले कोरोना रोकथामका लागि सामाजिक दूरीको पालना र मास्कको प्रयोगमा जोड दिदैं आएका छन्। अमेरिकामा मास्क प्रयोग हाल एउटा राजनीतिक मुद्दा बनेको छ। मास्क प्रयोग र सामाजिक दूरी कायम गर्नुपर्ने कुरामा त्यहाँ विभाजन देखिदैं आएको छ।
ट्रम्प स्वयं मास्क प्रयोगबाट लामो समय टाढा बसेका थिए। गत साता भने उनी मास्कमा देखापरेका थिए। बिबिसीमा प्रकाशित समाचारका अनुसार अमेरिकी टेलिभिजन फक्स न्यूजसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले अनिवार्य मास्कको प्रयोगमा आफ्नो सहमति नरहेको बताएका हुन्। कुराकानीमा उनले मानिसहरूलाई यसमा स्वतन्त्रता दिइनुपर्ने धारणा राखेका थिए।
अमेरिकामा मास्क प्रयोगमा विभाजन देखिए पनि विश्वका अधिकाशं स्वास्थ्य विज्ञहरूको भने कोरोना रोकथाममा मास्कको प्रयोग र सामाजिक दूरीको पालना प्रभावकारी हुनेमा एकमत छन्।
अमेरिका हाल कोरोनाबाट विश्वको सर्वाधिक प्रभावित मुलुक हो। पछिल्ला सातामा त्यहाँ कोरोना भाइरसको कीर्तिमानी वृद्धि देखिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार
अमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज अनुमोदन
बैशाख १२, २०८१ बुधबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार