बादल ओली गुटमा, बामदेव अन्योलमा !
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार १८:१९:७
४ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच कुरा मिल्न थालेपछि गृहमन्त्री रामबहादुर थापा बादल ओली गुटमा फर्किएका छन । सचिवालयमा ओलीकै गुटमा रहेका बादल पार्टीको निर्णायक बैठक र धारको विषय आइपर्दा भने प्रचण्ड गुटमा मिसिने गरेका छन ।
अहिलेकै अवस्थामा ओली सरकार ढल्ने नदेखिएपछि बादल फेरि पुरानै रक्षा कवचमा फर्किएका हुन् । सत्तारुढ पार्टीमा मन्त्रीको पद जोगाईराख्न प्रधानमन्त्रीकै गुटमा रहनुपर्ने प्रवृत्तिले बादल माओवादी भएर पनि ओलीको निर्देशनमा चल्ने गरेका छन ।
केही साता अघि स्थायी कमिटी बैठकमा बहमुत सदस्यले ओलीको राजीनामा माग गरेपछि ओली सरकार ढल्ने निश्चित जस्तै थियो । ओलीले बरु पार्टी फुटाउने तर प्रधानमन्त्री पदबाट नहट्ने भनेपछि प्रचण्ड र माधव नेपालको योजनाले काम गर्न सकेन् ।
ओलीले संसदको बजेट अधिवेशन अन्त्य गरिदिएपछि प्रचण्ड र माधव नेपालको त्यो सपना साकार हुन पाएन् । ओली सरकार छाड्ने अवस्थामा पुगेका बादल अचानक प्रचण्ड गुटको योजना सफल नभएपछि फेरि आफ्नो बोली फेर्दै ओली गुटमा फर्किएका हुन ।
अहिले ओली गुटमा रमाएका बादल प्रचण्ड पक्षको भेलामा खासै जादैनन् । आइतबार प्रचण्ड निवास खुमलटारमा भएको बैठकमा बादल र बामदेव गएनन् । जसले बादल अब ओली गुट सित्तिमित्ती छाड्ने पक्षमा छैनन् ।
बामदेव अन्यौलमा !
बादल ओली गुटमा फर्किएका बेला बामदेव गौतम भने अन्यौलमा छन् । प्रतिनिधिसभाको चुनाव हारेर भैसेपार्टीमा थन्किएका बामदेव अहिले प्रचण्ड, माधव नेपाल र झलनाथ गुटमा छन । आफूलाई फाइदा हुने गुटमा रमाउने बामदेव चुनाव हारेका कारण कतै पनि खुलेर काम गर्न सकेका छैनन् ।
चुनावमा हराउन ओली पक्षकै नेताहरुले चलखेल गरेका कारण उनी माधव नेपाल र झलनाथ गुटमा आएका हुन । तर त्यहाँ पनि बामदेव सन्तुष्ट छैनन् । प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल मिलेर पनि ओली सरकार ढाल्न नसकेपछि अब बामदेवलाई यी तिनै जना नेतामाथि शंका लाग्न थालेको छ ।
प्रचण्डसँग असन्तुष्ट भएका बामदेव आइतबार भएको खुमलटार भेलामा गएनन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेपछि उनी हौसिएका थिए । तर पछि ओलीले आफूलाई गोट्टी बनाउन मात्रै प्रधानमन्त्रीको पदको आश्वासन दिएको थाहा पाएपछि बामदेव फेरि प्रचण्ड गुटमै फर्किएका थिए ।
तर प्रचण्ड पनि ओलीकै ईशारामा फनफनी घुमेको पाएपछि बामदेवको अन्योलता बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार