काेराेनाले यसपालि सुनसान छन् शिवालय
नेपालबहस संवाददाता
साउन ४, २०७७ सोमबार ०:२६:४०
४ साउन, महोत्तरी । साउन महिनामा श्रद्धालु भक्तजनको भीड छिचोल्न हम्मेहम्मे पर्ने महोत्तरीका शिवालय यसपालि सुनसान छन् । कोभिड–१९ सङ्क्रमणको जोखिम कायम नै रहेको हुँदा यसपालि शिवालय सुनसान बनेका हुन् ।
चन्द्रमास वा सौर्यमासले साउन सुरु हुनासाथ शिवालय सुरु हुने दर्शनार्थीको चाप यसपालि यहाँका शिवालयमा देखिएको छैन । “चन्द्रमासको गणनाले त एकपक्ष ‘साउन कृष्णपक्ष’ सकिनै लाग्दासम्म यहाँ मान्छेको खासै चालचोल नै छैन”, बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्री टुटेश्वरनाथ महादेव मन्दिर नजीककै बस्तीका बुद्धि काफ्लेले भने, “सार्वजनिक यातायात खुलेका छैनन्, प्रशासनले पनि साउने मेला नलगाउन र भीडभाड नगर्न आदेश नै जारी गरेपछि यसपालि साउने मेलाको चहलपहल नभएको हो ।”
जिल्लाका टुटेश्वरसहित जलेश्वरस्थित श्री जलेश्वरनाथ, भङ्गाहा–५ सिद्धपुरस्थित सिद्धनाथ र सोनमाको मगरथानास्थित श्री मङ्गलनाथ महादेव मन्दिर साउने मेलाको ठूलो जमघट हुँदै आएका धार्मिकस्थल मानिन्छन् । यसपालि भने चन्द्रमासले साउन लाग्न एक दिनपूर्व नै गत असार २१ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीले साउने मेला लाग्न नहुने र कतै भीडभाड गर्न नपाइने आदेश नै जारी गरेको थियो ।
यहाँका शिवालयहरुमा भारतीय दर्शनार्थीको चाप निकै हुने विगतको परम्परा रही आएको थियो । भीड हुनसक्ने अनुमान गरेर चन्द्रमासले साउन लाग्न एक दिनपूर्व नै सार्वजनिक महत्वको आदेश जारी गरेर मेला र भीडभाड लाग्न नदिन सतर्कता अपनाइएको प्रशासनले जनाएको छ । “यहाँ विगतदेखि साउने मेलाको निकै ठूलो चहलपहल हुँदै आएको रहेछ”, प्रजिअ कृष्णबहादुर कटुवालले भने, “अहिले कोभिड–१९ सङ्क्रमणको जोखिम छ, त्यसैले भीडभाड हुन नदिन मेला आयोजन नगर्न आदेश जारी गरिएको हो ।”
चन्द्रमासले एकपक्ष सकिनै लागेको र सौरमासले पनि साउन सुरु भइसकेको छ । मिथिलामा साउनको पनि सोमबार शिवजीको अति प्रिय दिन भएको विश्वास गरिन्छ । प्रदेश–२ का आठवटै जिल्लाको दक्षिणी सीमा भारतसँग खुला भएको हुँदा दुवै तर्फका शिवालयहरुमा भक्तजनको दोहोरो बाक्लो ओहोर–दोहोर हुँदै आएको छ । तर यसपालि दक्षिण तर्फको भारतको विहारमा लकडाउन जारी रहेको र यता पनि सार्वजनिक यातायात सबै खुली नसकेका हुँदा शिवालयहरुमा भीड नहुन स्थानीय प्रशासनको आदेश पालनामा सहज भएको देखिन्छ ।
हिन्दू धर्म परम्पराको साउने मेलामात्र नभएर इस्लाम धर्मावलम्बीले पनि यसपालि कोभिड–१९ का कारणले गत वैशाखमा मुख्य पर्व रमजान महिनाभरिको रोजा र इद–उल–फित्र घरघरै नमाज ‘प्रार्थना’गरेर मनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ
बैशाख ७, २०८१ शुक्रबार
किन सुकाइयो पिम्बहाल पोखरी ? [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’ [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार