दोलखामा ३३ घर पहिरोको उच्च जोखिममा
नेपालबहस संवाददाता
साउन ५, २०७७ मंगलबार १:८:४६
५ साउन, चरीकोट । दोलखाको भिमेश्वर नगरपालिका–३ का विभिन्न टोलका ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । भिमेश्वर नगरपालिका–३ तार्थली नागीधाराका १५ घर र तल्लो पुरानो बजार क्षेत्रका १८ घर गरी ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष हरिशरण सिवाकोटीले बताए ।
वर्षात्को समयमा बाढी पहिरोको जोखिम बढिरहेको बेला सामान्य वर्षा हुँदा पनि पहिरो गइरहने हुँदा पानी पर्दा रातभर जागै बस्नुपर्ने बाध्यता रहेको स्थानीय जलमाया थामीले बताए । ज्याला मजदुरी गरी जीविका चलाउँदै आएका र कम मूल्यमा घर जग्गा किनी बसेका तर भारी वर्षाका कारण दैनिक चिन्ता हुने गरेको मन्सरी थामीले बताइन् ।
यस क्षेत्रमा दोलखाको कालिञ्चोक र विगु गाउँपालिकाका विभिन्न क्षेत्रबाट बसाइँ सरी आएका समुदायको बसोबास रहेको छ । विसं २०७२ को भूकम्पपछि यहाँ विभिन्न क्षेत्रबाट मानिस बसाइँ सरी बसोबास गर्दै आएका छन् ।
नगर तथा वडाले पहिरो नियन्त्रणका लागि पहल तथा सहयोग गरेतापनि भिरालो जमीनका कारण बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको विकल्प नरहेको वडाध्यक्ष सिवाकोटीले बताए ।
नगरपालिका तथा वडाले पहिरो नियन्त्रणका लागि तारजाली र त्रिपाल सहयोग गरेको छ । बस्ती बसेको जमिन भिरालो रहेको र तल्लो भूभाग माथिल्लो तामाकोशीको सडक रहेको र स–साना पहिरो गइरहने समस्या भएको स्थानीयवासीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार