पहिरोमा परी आज मात्रै ९ जनाको मृत्यु, २ जना घाइते !
नेपालबहस संवाददाता
साउन ६, २०७७ बुधबार ०:४५:२३
६ साउन, काठमाडौं । देशका विभिन्न ठाउँमा गएको पहिरोमा परी मंगलबार मात्रै ९ जनाको मृत्यु भएको छ । काठमडौं, धादिङ, नवलपरासी, दार्चुला लगायतका ठाउँमा गएको पहिरोमा परी आज मात्रै ९ जनाको मृत्यु भएको र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौको टोखा नगरपालिका १ पासिडाँडामा मंगलबार दिउँसो ढिस्कोमा पुरिएर राजकुमार रानामगरका ३ वर्षीय जुम्ल्याहा छोरा छोरी सचिन रानामगर र सन्ध्या रानामगरको मृत्यु भएको छ ।
उनीहरु ढिस्कोमा पुरिएको खबर पाएपछि महानगरीय प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा दुवैको शव फेला पारेको हो । यस्तै धादिङ, त्रिपुरा सुन्दरी गाउँपालिका ६ गोलाङपारी वनमा मंगलबार बिहान आएको पहिरोमा परी एकै परीवारका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका २५ वर्षीय मिलन खाँण, २२ वर्षीया श्रीमती सम्झना खाँण र ३ वर्षीया छोरी अन्जिता खाँण रहेका छन । पहिरोले घर बगाउँदा उनीहरू बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सल्यानटारबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा तीनै जनाको शव फेला पारेको हो ।
यस्तै नवलपरासी वर्दघाट सुस्ता पूर्व बुलिङटार गाउँपालिका २ टाँडीमा मंगलबार बिहान आएको पहिरोमा परी सोही स्थानका ६१ वर्षीय शेर बहादुर नेपाली र उनकी श्रीमती ५७ वर्षीया खिलमाया नेपालीको मृत्यु भएको छ । घटनापछि प्रहरी चौकी बुलिङबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो ।
यस्तै दार्चुला, मालिकार्जुन गाउँपालिका ८ औडाखान बस्ने ३५ वर्षीया लक्ष्मी ढोलीको घरमा सोमबार दिउँसो आएको पहिरोमा परि उनका भाईहरू २४ वर्षीय अर्जुन परियार र मिलन परियारको मृत्यु भएको छ ।
सोही ठाउँमा पहिरो आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शंकरपुरबाट खटिएको प्रहरीले लक्ष्मी परियार, उनको ९ वर्षीय छोरा सुभम परियार र छोरी सोनिया परियारलाई सकुशल उद्धार गरेको थियो भने २ जना भाईको शव फेला पारेको थियो ।
घाइतेहरूको स्वास्थ्य चौकी पस्तीमा उपचार भइरहेको छ । पहिरो गएका ठाउँहरुमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार