नेतृत्वका कारण कांग्रेस कमजोर : बरिष्ठ नेता पौडेल
नेपालबहस संवाददाता
साउन ६, २०७७ बुधबार ३:१:१३
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्व कमजोर हुँदा पार्टी कमजोर भएको बताएका छन् । विपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घले विपी सङ्ग्रहालय सुन्दरीजलमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले काँग्रेसले सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न नसक्दा कमजोर हुँदै गएको बताएका हुन् ।
वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन कांग्रेसको अहिलेको मुख्य आवश्यकता भएको बताए । “काँग्रेसका कुनै नेताको पछाडि नलाग्नुहोस्, विचार, सिद्धान्त र आदर्शको पछाडि लाग्नुहोस्”, कार्यकर्तासँग उनले भने । कार्यकर्ताले नेताको मुख्याङ्कन गर्न सक्नुपर्ने उनको भनाइ थियो ।
नेता पौडेलले विपी कोइरालाले मुलुकमा सामन्तवादी युगको अन्त्य गरेर लोकतन्त्रका लागि लडेकाले कोइराला युगान्तकारी नेता भएको उल्लेख गरे । मुलुकको कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासका लागि पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले काँग्रेसले विपीको आदर्श र सिद्धान्तलाई नभुलेको प्रस्ट पारेका थिए ।
कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सबै मिलेर कांग्रेस भित्रको विवाद अन्त्य गर्नुपर्ने बताए । पार्टी भित्रको समस्या समाधानका लागि नेतृत्वले सबैलाई मिलाएर अगाडि लैजानुपर्ने उनको भनाइ थियो । पूर्वपरराष्ट्रमन्त्री डा महतले विदेशी ऋण स्वीकृत गर्ने सरकारले विदेशी सहयोग रकम लिन नमानेर गल्ती गरेको उल्लेख गरे ।
कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले विपीको सपना काँग्रेसले मात्र पूरा गर्न सक्ने बताए । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले वर्तमान सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाए ।
उनले कांग्रेसभित्र विपी कोइरालाको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले नेविसङ्घ केन्द्रीय समितिलाई तत्काल पूर्णता दिन माग गरे । उनले विपी कोइराला महान् राष्ट्रवादी नेता भएको उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार