विपद्का घाइतेको उपचार सरकारले गर्ने
नेपालबहस संवाददाता
साउन ६, २०७७ बुधबार ३:३९:२९
६ साउन, काठमाडौं । मुलुकमा मनसुनजन्य विपद्मा परेर घाइते भएकाहरुको उपचार सरकारले गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । घाइतेको उपचारमा कुनै कमी हुन नदिने तथा घाइते, अपाङ्ग, अशक्त र मृतकका परिवारलाई सरकारले यथोचित व्यवस्था गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
सरकराले बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । मृतक परिवारप्रति समेत समवेदना प्रकट गरिएको छ । विपद्बाट जनधनको क्षति हुनाका साथै यातायात, सञ्चार, विद्युत् सेवा अबरुद्ध हुँदा जनजीवनसमेत प्रभावित भएको छ ।
सरकराले विपद्का घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा उद्धार, हेरविचार, गर्ने, राहत उपलब्ध गराउने सबैलाई धन्यवादसमेत दिएको छ । सबै निकाय नथा जनशक्ति परिचालन गरी तत्काल अत्यावश्यक राहतका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको उनले आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रभावित क्षेत्रमा कुनै पनि रोगको सङ्क्रमण फैलिन नदिन औषधि उपकरणसहित स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि सरकराले गरेको छ । विपद् प्रभावित क्षेत्रको विद्युत्, यातायात, खानेपानी, सञ्चार सेवा तत्काल सञ्चालनका लागि आवश्यक कदम चाल्ने निर्णय पनि सरकारले गरेको छ ।
यातायात आवागमन सञ्चालन गर्न रक्षा, गृह, भौतिक पूर्वाधार र यातायात मन्त्रालयको समन्वयमा आवश्यक सम्भव भएसम्मको कदम चाल्ने निर्णय पनि सरकारले गरेको छ । उद्धार र राहतका कार्यमा आवश्यक सहयोग गर्न सरकारले जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । यस दुःखद परिस्थितिमा उद्धार, राहत, आवास, उपचार, खाद्यान्नको व्यवस्थाका लागि विभिन्न निकाय सँगको समन्वयमा आवश्यक प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
यस्तै गृह मन्त्रालयको सहयोगमा विपद्को क्षतिको यथाशीघ्र विवरण सङ्कलन गर्ने, मूल्याङ्कन गर्ने र त्यसको आधारमा पुनःस्थापन र पुनःनिर्माणको काममा थप आवश्यक निर्णय गर्ने सरकारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार