कोरोना प्रभावित ६० घर परिवारलाई खाद्यान्न सहयोग
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार १५:२०:४१
८ साउन, गण्डकी । मुस्ताङको लोमन्थाङमा सञ्चालित पाल ऐ हाम नामग्याल गुम्बा ‘विद्यालय’ले पोखरा महानगरपालिका–१४ भित्रका कोरोना प्रभावित ६० घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
पठपाठनसँगै सामाजिक क्रियाकलापमा सहभागिता जनाउँदै आएको सो गुम्बाले बन्दाबन्दीका कारण दैनिकी सञ्चालनमा समस्या परेका घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो ।
पोखरा १४ को विजय बस्ती , बेलचौतारा, रातो डाँडा, विजयपुर, आनन्द, घट्टेकुलो, साधनामार्ग र नया बस्तीमा बस्दै आएका भूमिहीन तथा दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्ने सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराएको गुम्बाका प्रधानाध्यापक ग्याचो लामाले जानकारी दिए । गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको सक्रियता तथा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापामगरको समन्वयमा खाद्यान्न सामग्री वितरण गरिएको उनले बताए ।
यसअघि गुम्बाले कोरोना रोकथामका लागि प्रदेश सरकार र पोखरा महानगरपालिकाले स्थापना गरेको कोषमा रु एक लाख २० हजार सहयोग गरिसकेको छ । हालै वर्षाका कारण घरबार गुमाएका परिवारलाई समेत खाद्यान्न सामग्री वितरण गरिरहेको जनाएको छ ।
मुस्ताङको लोमन्थाङ गाउँपालिका–३ मा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कूल हिउँदको समयमा भने पोखरा महानगरपालिका–१८ खपौदीमा सञ्चालन गरिँदै आइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार