प्युठानमा व्यावसायिक नेपाली कागज उत्पादन
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार १७:१८:३७
८ साउन, प्युठान । व्यावसायिक रूपमा प्युठानमा नेपाली कागज उत्पादन शुरु भएको छ । विगत दुई वर्षदेखि प्युठान नगरपालिका–१० सारीबाङमा गौमुखी नेपाली कागज उद्योग सञ्चालन गरी व्यावसायिक उत्पादन शुरु गरिएको हो ।
जिल्लालाई नेपाली कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले जङ्गलमा पाइने लोक्ता र खर सङ्कलन गरी नेपाली कागजको उत्पादन थालिएको उद्योग सञ्चालक नेगनसिंह कुँवरले बताए ।
जिल्लामा नेपाली कागजको माग बढ्दै गएपछि उद्योग स्थापना गरी कागजको उत्पादन गर्न थालेको उनको भनाइ छ । “कागज उत्पादनमा प्रयोग हुने लोक्ता प्युठानकै सङ्कलन गर्ने गरेको छु”, उनले भने, “कच्चा पदार्थको रुपमा प्रयोग हुने अर्को वस्तु खर भने जिल्ला बाहिरबाट ल्याउनुपरेको छ ।”
प्रदेशका सबै जिल्लामा निर्यात हुने नेपाली कागज काठमाडौँमा रहेको नेपालकै प्रख्यात उद्यमी अञ्जना ताम्राकारमार्फत अमेरिकासम्म निर्यात हुने गरेको उद्योग सञ्चालक कुँवरले बताए । उत्पादित कागजको बजारीकरणका लागि कुनै समस्या नरहेको बताए ।
अड्डा अदालत, सरकारी कामकाजलगायत सरकारी कार्यालयमा हुने लिखतहरु तयार गर्नका लागि नेपाली कागज बढी प्रयोग गरिन्छ । उद्योगबाट दैनिक एक हजार पाना उत्पादन हुने गरेको छ । उद्योग सञ्चालनको पहिलो वर्ष रु २५ लाख, अघिल्लो आर्थिक वर्षमा रु ४० लाख कारोवार भएको बताउँदै उनले आगामी आर्थिक वर्षमा रु एक करोडको कारोेवार गर्ने लक्ष्य लिएको बताए ।
उक्त उद्योगमा पहिलो चरणमा झण्डै रु १० लाख लगानीमा सञ्चालन गरिएको र अहिलेसम्म रु २५ लाख बराबरको लगानी पुगेको सञ्चालक कुँवरले बताए । “अब केही दिनमै उद्योगमा लगानी थप्ने योजना छ”, उनले भने, “२५ लाख थपेर ५० लाख पु¥याउने योजना छ ।”
उद्योग स्थापनाका लागि डिभिजन वन कार्यालय प्युठानबाट रु दुई लाख ८५ हजार, घरेलु तथा साना उद्योग विकास समिति प्युठान र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट रु ६०र६० हजार अनुदान पाएको उनले बताए ।
नेपाली कागजका लागि आवश्यक पर्ने कच्चा पदार्थ लोक्ता जिल्लाको उत्तरी क्षेत्रका विभिन्न ठाउँबाट सङ्लकन गरिएको छ भने खर कपिलवस्तुको धानखोलाबाट आयात गर्ने गरेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
अचानक आएको हावाहुरीले फेवातालमा डुंगा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार