
८ साउन, एजेन्सी । के तपाईलाई थाहा छ ? गर्भवती महिलालाई किन खाने कुराहरुमा तलतल लाग्छ ? हुन त हामी आफैँलाई पनि कुनै बेला यस्तै तलतल लागेको पनि हुनसक्छ। जस्तै केही महिलालाई आइसक्रीम र अचार मात्र खान मन लाग्छ, कोही मध्यरातमा पतिलाई कुखुराको भुटन ल्याइदिन भन्छन् भने कसैलाई एउटा विशेष ब्र्यान्डको चकलेट दिनमा पाँच पटक खानुपर्छ।
यस्तो तलतलले महिला र उनको गर्भमा विकसित भइरहेको भ्रूणको पोषणसम्बन्धी आवश्यकतालाई यस्तो तलतलले पूरा गरिरहेको हुन्छ भन्ने प्रायः सोचिन्छ। तर वास्तवमा यो एउटा जटिल प्रक्रियाको झुक्याउने भाग हो। अनुसन्धानकर्ताहरूका अनुसार गैरअङ्ग्रेजी भाषी संस्कृतिमा देखिने महिलाहरूको तलतल भने अमेरिका वा यूकेका महिलाको भन्दा निकै भिन्न देखिएको छ। उदाहरणका लागि जापानका महिलाहरूलाई भातको तलतल धेरै लाग्ने गरेको छ।
वास्तवमा तलतल लागेको भन्ने महिलाहरूले गर्भावस्थाका बेला स्वस्थ रहन आवश्यक भनिएकोभन्दा बढी तौल बढाउन चाहन्छन्। त्यसले जटिलता निम्त्याउन सक्छ। यसको अर्थ जुन महिलालाई तलतल लाग्छ उनीहरू तौल बढाउन चाहन्छन् भन्ने होइन। यो त जीवरासायनिक आवश्यकताबाहेक अन्य कुराले पनि भइरहेको छ भन्ने देखिन्छ।
अनुसन्धानकर्ताहरुका अनुसार चकलट प्रयोग गरिएको एउटा परीक्षणमा पोषणको आवश्यकतासँग तलतलको सम्बन्ध नभएको देखिएको छ । स्टेट यूनिभर्सिटी अफ न्यूयोर्क अल्बानीमा कार्यरत मनोविज्ञ प्राध्यापक जुलिया होर्मेसले किन मानिसहरूमा खानेकुराको तलतल लाग्छ भन्नेबारे विभिन्न अध्ययन गरेकी छन्। उनी भन्छिन्,उदाहरणका लागि अमेरिकाका ५० प्रतिशत महिलाहरूमा रजस्वला हुनुपूर्वको सातामा चकलेटको तलतल लाग्ने देखिएको छ । यस्तै तलतल जैविकभन्दा पनि मनोवैज्ञानिक कारणले लाग्ने विज्ञहरूको धारणा छ ।
तेसो त गर्भवती भएको समयमा खानेकुरा मात्र ध्यान दिदा विस्तारै तौल बढ्दै जाने अध्ययनले देखाएको छ । यसले शिशु जन्मिने समयमा केही समस्या हुने देखाएको छ । तलतल मेटाउन ध्यान मोड्नु पनि अर्को उपाय हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट